बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ । गुडक्याट समेत भनिने सो ब्रान्ड पाँच विभिन्न ट्रिममा उपलब्ध छ ।

यसको एक्सटेरियर र इन्टेरियर पहिलेकै मोडलको जस्तो छ भने अन्य धेरै कन्फिगरेसन भने परिवर्तन गरिएको छ । यस अनुसार मूल्य समेत बढाइएको छ । साइज पनि पहिलेकै जस्तो छ भने कालो रिम र भीटुएल अर्थात भेइकल टु लोड चार्जिङ स्टेसन भने स्ट्यान्डर्डको रुपमा उपलब्ध छ ।

यसको ककपिट पनि परिवर्तन गरिएको छैन । ओरा ३ मा डबल स्पोक स्टेयरिङ ह्विल तथा ७ इन्चको फुल एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल र १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्यानल छ ।

थप फिचरको रुपमा प्रिमियम ट्रिममा प्यानोरामिक सनरुफ रहेको छ भने लक्जरी ट्रिममा एल२ एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फिचर रहेको छ । एल२ एड्भान्स्ड ड्राइभिङ असिस्टेन्सलाई भ्वाइसबाट संचालन गर्न सकिने अटोनोमस पार्किङ, एआई अटोनोमस पार्किङ र मोबाइल फोन रिमोट पार्किङ जस्ता कार्य गर्न सकिने गरी अपग्रेड गरिएको छ ।

यी वाहेक इन्टिग्रेटेड क्रुज असिस्ट र ट्राफिक जाम असिस्ट पनि उपलब्ध छन् ।

यसमा भएको मोटरले १३५ किलोवाट पावर र २३२ एनएम टर्क जेनेरेट गर्न सक्छ । यसमा भएको ब्याट्रीले ४०१ र ५)१ किलोमिटरको रेन्ज दिने बताइएको छ । ब्याट्रीको वारेमा भने औपचारिक जानकारी दिइएको छैन ।

नेपाली बजारमा पनि ग्रेटवाल मोटरको ओरा ३ अर्थात ओरा गुडक्याट पहिले देखि नै बिक्रीका लागि उपलब्ध छ । नेपालमा हाल ९९ किलोवाट मोटर क्षमताको ओरा गुडक्याट उपलब्ध छ । यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ छ । नेपाली बजारमा भीजी इम्पेक्सले ग्रेटवाल मोटरका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

हाल नेपालमा इन्जिन भएका सवारी साधनलाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्ने...

सुदूरपश्चिममा पनि अब विद्युतीय सवारी साधनमा कर लाग्ने

सुदूरपश्चिममा पनि अब विद्युतीय सवारी साधनमा कर लाग्ने

सुदूरपश्चिम प्रदेशसभाले गत आइतबार ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...