सीएटीएलसंग मिलेर टोयाटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्ने
टोयोटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको ब्याट्री जायन्ट...
जिली आफैले विकास गरेको सोलिड स्टेट ब्याट्री यसै वर्षदेखि प्रयोगमा आउने भएको छ । जिलीद्वारा विकास गरिएको पहिलो फुल ब्याट्री प्याक २०२६ मा तयार हुने र त्यसपछि सवारी साधनमा प्रयोग तथा प्रमाणीकरण गरिने कम्पनीले घोषणा गरेको छ ।
मिडिया रिपोर्ट अनुसार, २०२६ मा पहिलो प्याक एसेम्बली पूरा गर्ने र प्रमाणीकरण परीक्षणको लागि सवारी साधनमा जडान गर्ने भनिएको छ । उक्त परीक्षणको लागि कुन सवारी साधन प्लेटफर्म प्रयोग गर्ने विषयमा भने कम्पनी मौन देखिएको छ ।
जिलीले २०१० देखिनै ब्याट्री प्रविधिको विकासमा काम गर्दै आएको छ । कम्पनीले विभिन्न कम्पनीसंग ज्वाइन्ट भेन्चर गरी अनुसन्धान तथा विकास सुविधा र प्रारम्भिक उत्पादन परियोजनामा काम गर्दै आएको छ ।
२०२५ मा कम्पनीले ब्याट्री सेल उत्पादन र सुरक्षा प्रणाली विकासलाई एकीकृत गर्न झेजियाङ जियाओ टोङ्क्सिङ इनर्जी टेक्नोलोजी अन्तर्गत एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री र एलएफपी सेलको नमुना विकास गर्दै आएको छ ।
सोलिड स्टेट ब्याट्रीमा परम्परागत लिथियम आयन ब्याट्रीमा प्रयोग हुने तरल इलेक्ट्रोलाइटको सट्टा ठोस इलेक्ट्रोलाइट प्रयोग गरिन्छ । चिनियाँ अटोमेकरहरू र ब्याट्री विकासकर्ताहरूले विभिन्न समयसीमाका साथ सोलिड स्टेट ब्याट्रीमा काम गरिरहेका छन् ।
टोयोटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको ब्याट्री जायन्ट...
इलेक्ट्रिक भेइकलमा आगलागीका खबरहरू प्रायः हेडलाइन बन्छन् । सोलको पार्किङ...
चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...