यस्तो छ सार्वजनिक सवारीको नयाँ भाडादर, ईभीमा पुरानै दर
काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर...
काठमाडौं–जिलीको पहिलो शक्तिशाली अफरोड एसयूभी ग्यालेक्सि क्रुजर ७०० ले बिक्री खुला भएको एक घण्टाभित्रै चीनमा ४३ हजार ९०० युनिटभन्दा बढी अर्डर पाएको छ ।
प्रि–सेल सुरु भएको पहिलो ९ मिनेटभित्रै १० हजार अर्डर पाएको यस गाडीको विशेष सीमित संस्करण ल्यान्डआर्कका निर्धारित ७०० युनिटहरू भने बिक्री सुरु भएको केही मिनेटमै पुरै बिकिसकेका छन् । कम्पनीले यसको सुरुवाती मूल्य २९ हजार ४०० देखी ५७ हजार ३०० डलरसम्म निर्धारण गरेको छ ।
ओरिएन्टल लायन डिजाइन ल्यांग्वेजमा तयार पारिएको यो एसयूभी ५,०८५ एमएम लामो र २,९०० एमएम ह्विलबेससहितको मजबुत बनावटमा आएको छ । कडा अफ–रोडिङ परिस्थितिका लागि यसमा २३३ एमएमको ग्राउन्ड क्लियरेन्स र ८०० एमएमसम्मको पानीमा गुड्न सक्ने क्षमता दिइएको छ ।
यसमा रहेको थोर ईएम–टी एआई इलेक्ट्रिक हाइब्रिड प्रणालीले १.५ टि वा २.० टि इन्जिनसँगै तीनवटा मोटरको सहयोगमा अधिकतम १,११३ हर्सपावर र १३,९२० एनएम टर्क उत्पन्न गर्छ, जसले गाडीलाई मात्र ३.९५ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति पकड्न सक्षम बनाउँछ ।
गाडीमा ४७.१४ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले ३०५ किमी इलेक्ट्रिक रेन्ज र हाइब्रिड मोडमा कुल १,२०० किमीभन्दा बढीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ८०० भोल्टको फास्ट चार्जिङ प्रविधियुक्त यो गाडीको भित्री भागमा ५ वटा इन्टरएक्टिभ स्क्रिन, रेफ्रिजरेटर र मसाज सिट समावेश गरिएको छ ।
साथै, अफरोडिङलाई सहज बनाउन १७ वटा ड्राइभिङ मोडहरू र पानीमा परेको खण्डमा ४० मिनेटसम्म तैरिन सक्ने आपत्कालीन फ्लोटिङ सुविधासमेत उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...