कर्पोरेट फ्लिटमा ग्यारो स्कुटर : याङ्गोलाई ६ युनिट डीटी–५३ हस्तान्तरण, छिट्टै १०० युनिट हस्तान्तरण गर्ने

काठमाडौं - क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा मोबिलिटी नेपालसँगको महत्वपूर्ण कर्पोरेट साझेदारीअन्तर्गत नयाँ ग्यारो डीटी–५३ इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । कम्पनीले पहिलो चरणमा ६ युनिट स्कुटर हस्तान्तरण गरेकोमा दोस्रो चरणमा २५ युनिट र छिट्टै १०० युनिट हस्तान्तरण गर्ने जनाएको छ ।

डीटी–५३ को प्रदर्शन र दक्षताप्रति गहिरो विश्वास व्यक्त गर्दै आफ्नो स्मार्ट याङ्गो ड्राइभराले आफ्नो मोबिलिटी फ्लिट विस्तारका लागि आगामी दिनहरूमा १०० युनिटसम्म प्राप्त गर्ने योजना अघि सारेको छ ।

सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको ग्यारो डीटी–६० को सफलतापछि कम्पनीले कर्पोरेट मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति निरन्तर मजबुत बनाइरहेको छ । भर्खरै लन्च गरिएको डीटी–५३ को असाधारण प्रदर्शन, किफायती मूल्य र भरपर्दो गुणस्तरका कारण कर्पोरेट बिक्रीलाई तिव्रता दिने कम्पनीको विश्वास छ ।

ग्यारो डीटी–५३ मा ८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ५ किलोवाट आवर पिक पावर भएको मोटर जडान गरिएको छ । यस स्कुटरले दैनिक यात्रालाई सहज, कुशल र आर्थिक बनाइदिने छ ।

कम्पनीका अनुसार, स्कुटरको शक्तिशाली क्षमताले यसलाई राइड शेयरिङ, डेलिभरी सेवा तथा कर्पोरेट फ्लिट संचालनका लागि प्रमुख रोजाइको मोडल बनाएको छ । विस्तारयुक्त रेन्ज र उच्च आउटपुटका कारण डीटी–५३ ले नेपालको दिगो शहरी मोबिलिटीमा नयाँ स्तर स्थापित गरेको छ ।

ग्यारो लिथियम नेपालले हाल डुल्ला नेपाल, रोयल क्लिनिङ, याङ्गो इलेबार र याङ्गो ड्राइभरा मोबिलिटी जस्ता कम्पनीमा कर्पोरेट बिक्री गरेको छ भने अन्य थुप्रै संस्थासँग आबद्ध हुने प्रक्रियामा रहेको छ ।

निरन्तर बढिरहेका साझेदारहरूले नेपालमा तीव्र गतिमा बढ्दै गएको विद्युतीय यातायातप्रतिको रुचि झल्काएको र कर्पोरेट आवश्यकताअनुसार उच्च प्रदर्शन ईभी समाधान उपलब्ध गराउने विश्वसनीय ब्रान्डको रूपमा ब्रान्डको स्थान अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

काठमाडौं– सडकमा एमजी ब्रान्डका इलेक्ट्रिक कारको उपस्थिती बढेसंगै...

ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

विश्व बजारमा ईभी र हाईब्रिड कारको बिक्रीमा उच्च बृद्धि देखिएको छ । एक...

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...