टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

काठमाडौं - गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि बीच सम्झौता भएको छ ।

यस अनुसार टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने छ ।

सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबाट ग्राहकले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतम १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्ने बताइएको छ ।

ग्राहकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्रान्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आइहेको छ ।

सम्बन्धित समाचारहरू

भारतमा महंगो भए यी कार, नेपालमा समेत मूल्य बढ्न सक्ने

भारतमा महंगो भए यी कार, नेपालमा समेत मूल्य बढ्न सक्ने

भारतमा अहिले बिभिन्न अटो उत्पादकहरुले गाडीको मूल्य बढाइरहेका छन् । नयाँ...

टोयोटाले इलेक्ट्रिक कारका लागि म्यानुअल गियरबक्स बनाउने

टोयोटाले इलेक्ट्रिक कारका लागि म्यानुअल गियरबक्स बनाउने

जापानी कार निर्माता कम्पनी टोयोटाले यसको डिजाइन र प्रविधिको सुरक्षा गर्न...

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...