सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने
काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका...
कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर यी एयरब्याग सधै र सबै अवस्थामा सक्रिय नहुने भएकाले त्यसै अनुसार आवश्यक तयारी र बचाउ गर्नु आवश्यक हुन्छ ।
जीएसी विश्वभर उच्च गुणस्तरको सवारीसाधन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ र यो विश्वको तेस्रो ठूलो ईभी निर्माता कम्पनी पनि हो। यसको गुणस्तरमा भएको विश्वसनीयताका कारण टोयोटा र होन्डा लगायतका कम्पनीले चिनियाँ बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरूमा जीएसीद्वारा निर्मित प्रविधि प्रयोग गर्छन् ।
हालै टोयोटाले आफ्नो नयाँ विद्युतीय एसयूभी बीजेड३एक्स सार्वजनिक गरेको छ, जुन पूर्ण रूपमा जीएसीद्वारा निर्मित गरिएको हो। जीएसीले हालै सवारी साधनमा हुने एयरब्यागका वारेमा महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ ।
एयरब्यागको सक्रियता सवारीको गति, एंगल अफ इम्प्याक्ट अर्थात ठोकिने तरिका, अवरोधको प्रकार र दुर्घटनाको गम्भीरता। जस्ता विभिन्न कारकहरूमा निर्भर गर्दछ । सवारीसाधनको मापदण्ड अनुसार, एयरब्यागहरू मुख्य रूपमा मध्यम देखि गम्भीर स्तरका अगाडि कुनै वस्तुमा हुने टक्करहरूमा मात्र सक्रिय गरिन्छन्, जहाँ यात्रुहरूको सुरक्षा आवश्यक हुन्छ ।
केही विशेष अवस्थामा भने एयरब्यागको सक्रियता आवश्यक नरहेको सेन्सरले ठान्न सक्छ र एयरब्यागले त्यो अवस्थामा काम नगर्ने वा सक्रिय नहुने पनि हुन सक्छ । पोल वा रुखसँग हुने ठक्कर, पछाडिबाट हुने ठक्कर, गाडी पल्टिने अवस्था वा सानो स्तरका ठक्कर जस्ता संकुचित वस्तुहरुमा सेन्सरले काम नगर्ने र अनावश्यक रुपमा एयरब्याग नखुल्ने हुन सक्छ । यसले गर्दा यात्रुहरुलाई अनावश्यक जोखिमबाट बचाउने समेत काम गर्छ ।
जीएसी समूहले विश्वव्यापी सुरक्षासँग सम्बन्धित मापदण्डहरू तथा प्रमाणपत्रहरू प्राप्त गरेको छ र यसले उच्च स्थरको सुरक्षा प्रविधिहरू प्रयोग गर्दछ। कम्पनी सधैं नवीनतम सुरक्षा प्रणालीहरू विकास गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिबद्ध भएको बताएको छ।
जीएसीले आफ्ना ग्राहकहरूलाई सवारीसाधनको म्यानुअल हेर्न तथा एयरब्यागको कार्यक्षमता र अन्य सुरक्षा विशेषताहरूबारे विस्तृत जानकारीको लागि अधिकारिक सर्भिस सेन्टरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ ।
यदि कुनै ग्राहकलाई सवारीसाधनको सुरक्षासँग सम्बन्धित थप जानकारी आवश्यक छ भने जीएसीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न वा नजिकको आधिकारिक सर्भिस सेन्टर वा शोरूममा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
नेपालमा पनि जीएसीका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । सीजी मोटर्सले जीएसीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।
काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका...
काठमाडौं – अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१००...
पेट्रोल–डिजेलको तुलनामा इलेक्ट्रिक गाडी अर्थात ईभी चलाउन निकै फाइदा हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...