बजाजको नयाँ एडभेन्चर बाइक परीक्षणको क्रममा देखियो
बजाजले नयाँ एडभेन्चर मोटरसाइकल विकास गरिरहेको छ। हालै कम्पनीले नयाँ...
काठमाडौं – पुरानो बाइक हुनेहरुका लागि खुसीको खबर छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पुरानो कुनै पनि ब्रान्डको बाइकको चार वर्ष सम्मको कर तिरिदिने अफर ल्याएको छ ।
यस अनुसार पुरानो बाइकसँग नयाँ बजाज बाइक साट्न सकिने छ र चार वर्ष सम्मको कर तिरेको छैन भने पनि कम्पनीले तिरिदिने छ । हाल बजाजले देशका विभिन्न स्थानमा बजाज न्यु इयर अपग्रेड अफर अन्तर्गत एक्सचेन्ज कार्यक्रम आयोजना गरिरहेको छ ।
सो अवसरमा उल्लेखित अफर प्राप्त गर्न सकिने छ । यसका साथै पुरानो बाइकको उत्कृष्ट भ्यालुएसन समेत गरिने कम्पनीको भनाइ छ ।
यो वाहेक बजाजले ल्याएको नयाँ वर्षको अफर समेत प्राप्त गर्न सकिने छ । सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध हुनेछ । बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने छ ।
यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...