बर्दिबासमा फोटोन माउन्टेन ईभीको बिक्री सुरु

काठमाडाैं - फोटोन मोटरले महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको आधिकारिक बिक्री सुरु गरेको छ । यो गाडीलाई शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरिएको कम्पनीको दाबी छ ।

यो गाडी व्यवसाय, फ्लिट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूका लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा कम्पनीले गरेको छ ।

नेपालले विद्युतीय सवारीसाधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको बताइएको छ ।

लन्च कार्यक्रममा फोटोन मोटरका सीईओ तुषार गुप्ताले भने, ‘नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएको यो मोडलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुसन स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।’

नेपालका लागि फोटोन ब्रान्डका गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि प्रालि हो ।

सम्बन्धित समाचारहरू

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौं – दुई पाङ्ग्रे विदयुतीय सवारी साधनहरूको लागि गोगोरोको नेपालका...

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...