डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक, पहिलो ५० जना ग्राहकलाई विशेष छुटको व्यवस्था
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका...
काठमाडौँ–आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोलाई लक्षित गरी नेपाली अटोमोबाइल बजारमा नयाँ ब्रान्ड र तिनका इलेक्ट्रिक कार भित्रिने क्रम तीव्र भएको छ । विशेष गरी ह्याचब्याक र क्रसओभर सेगमेन्टलाई लक्षित गर्दै विभिन्न आधिकारिक वितरकहरूले अत्याधुनिक फिचर, शक्तिशाली ब्याट्री र आकर्षक डिजाइनका नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरेका छन् ।
आरफक्स टी१
लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा भित्र्याउन लागेको आर्कफक्स टी१ एक प्रिमियम क्रसओभर÷ह्याचब्याक मोडल हो । यस कारमा ४२.४ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । आकर्षक आधुनिक लुक्स र प्रिमियम फिचरका साथ आउन लागेको यो ईभीले युवा तथा प्रिमियम ह्याचब्याक पारखीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
चेरी क्युक्यु३
पायोनियर मोटोकर्पले भित्र्याउन लागेको चेरी क्यूक्यू३ ईभीमा ९० किलोवाट क्षमताको रियर–ह्वील ड्राइभ मोटर र ४१.२ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा उच्च सुरक्षाका लागि लेभल–२ एडासजस्ता उन्नत फिचरहरू समावेश गरिएका छन्, जसले यसलाई प्रविधिप्रेमी ग्राहकका लागि बलियो विकल्प बनाएको छ ।
लिपमोटर बी०३
साङ्ग्रिला मोटर्सले ल्याउन लागेको लिपमोटर बी०३ मुख्य गरी दुईवटा ब्याट्री भेरियन्ट—३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरमा उपलब्ध हुनेछ । फरक–फरक ब्याट्री क्षमताका कारण दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा गर्न चाहने ग्राहकका लागि यो मोडल निकै व्यावहारिक हुने देखिन्छ ।
वुलिङ बिंगो
बजेट र इन्ट्री–लेभल सेगमेन्टमा लोकप्रिय रहेको वुलिङ बिंगोले नयाँ अपग्रेड गरिएका लाइटर प्रो भेरियन्टमार्फत कमब्याक गर्दैछ । यी भेरियन्टमा क्रमश ३१.९ र ३७.९ किलोवाट आवरको ब्याट्री प्याक तथा ५० किलोवाट क्षमताको मोटर जाडन गरिएको छ । परिमार्जित डिजाइन र नयाँ फिचरसहित आउने यी भेरियन्टले सहरी चालकहरूलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
नेपाल आउने तयारीमा रहेका यी चारवटै विद्युतीय कारको मूल्य ३० देखी ४० लाख रुपैयाँको विचमा रहने अपेक्षा गरिएको छ । हाल यो सेग्मेन्टमा बीवाईडी एट्टो१, टाटा पन्च, नामी बक्स र प्रोटोन ईमास५ लायत मोडल उपलब्ध छन् । नयाँ कार भित्रिएसपछि यो सेग्मेन्टमा प्रतिस्पर्धा झनै चर्किने अनुमान गर्न सकिन्छ । यी चारवटै कारले एकपटकको सिंगल चार्जमा ३०० किलोमिटर माथि रेन्ज दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...