२०२२ मा अमेरिकामा विक्यो प्रत्येक ४९ सेकेन्डमा एउटा फोर्ड एफ–१५० पिकअप

सन् २०२२ मा अमेरिकी बजारमा फोर्ड मोटरको एफ–१५० पिकअप हरेक ४९ सेकेन्डमा एक युनिट बिक्री भएको छ । सो वर्ष फोर्डले कुल ६ लाख ४० हजार एफ–१५० बजारमा बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले कम भएपनि यो मोडल सर्बाधिक विक्री हुने गाडीको सूचीमा भने यथावत नै रहन सफल भयो ।

अमेरिकी बजारमा सदावहार लोकप्रिय मोडलका रुपमा स्थापित यो पिकअप ट्रकले ४१ वर्षसम्म निरन्तर सर्बाधिक बिक्री हुने गाडीको पहिचान वनाएको छ । कोभिड अगाडीको सयमा वार्षिक ९ लाख युनिटसम्म बिक्री भयो यो पिकअपको पछिल्ला २ वर्षमा भने बिक्री निरन्तर ओराले लाग्दै गएको छ ।

यो पिकअप ट्रकलाई फोर्डले एक्सएल, लिमिटेड र इलेक्ट्रिक गरी कुल तीन भेरिएन्टमा उपलब्ध गराउँदै आएको छ । यी सवै मोडलको पावरट्रेन, क्याविन, फिचर र ट्रिमहरु फरक फरक रहेका कारण ग्राहकले आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्न सक्नेछन् ।

सो वर्ष विक्री भएका सवै एफ–१५० ट्रकलाई यदि लामवद्ध गरेर राख्ने हो भने यसले लस एन्जलदेखी डेट्रोइटसम्मको कुल ३ हजार ८६२ किलोमिटर सडक कभर गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

भारतमा फोर्डको पुनरागमन कति सम्भव ? नेपालमा पनि हुन सक्छ असर

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ । पछिल्ला केही दिनदेखि यसको...

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...

फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्डले केही दिन पहिले फिगो ह्याचब्याकलाई अटोमेटिक गियरबक्सका साथ लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...