फुटपाथ मिच्ने ३४ वटा वर्कसपलाई काठमाडौँ महानगरको जरिवाना

काठमाडौँ -फुटपाथ मिचेर आवागमन प्रभावित हुने गरि मोटरसाइकल वर्कसप सञ्चालन गर्ने ३४ वटा वर्कसपलाई काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।

सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले महानगरपालिकाले जरिवाना तिराएको हो । बुधबार नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो ।

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने दुई जनालाई महानगरले नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै प्रचार वोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका एक जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट महानगरले एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सम्बन्धित समाचारहरू

बीपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालनमा रोक

बीपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालनमा रोक

काठमाडौँ – बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि...

पाथीभरा केबलकारको गरियो शिलान्यास, अबको १५ महिनाभित्र चढ्न पाइने

पाथीभरा केबलकारको गरियो शिलान्यास, अबको १५ महिनाभित्र चढ्न पाइने

ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा जानका लागि...

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...