क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (हुन्डाई नेपाल) ले क्रेटा ईभी प्रयोगकर्ताका लागि ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) को नयाँ सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ। कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक हुन्डाई सर्भिस स्टेसनमा गई बीएमएस अपडेट गराउन आग्रह गरेको छ ।

नयाँ अपडेट पश्चात ग्राहकहरुले अहिलेको भन्दा १५ देखि २५ किलोमिटर सम्म बढीको ड्राइभिङ रेन्ज पाउन सक्ने छन् । यो नयाँ अपडेट विशेषगरी नेपालका सडक अवस्था र ड्राइभिङ बानीलाई ध्यानमा राखेर क्यालिब्रेट गरिएको कम्पनीको भनाइ छ ।

अपडेटपछि ग्राहकले दैनिक यात्रादेखि लामो सहरभित्रको ड्राइभसम्म थप सहजता, आत्मविश्वास र मूल्य अनुभव गर्न सक्ने कम्पनीको दाबी छ। यो सुविधा हुन्डाईको देशभर फैलिएको सर्भिस नेटवर्कमार्फत क्रमशः उपलब्ध गराइँदैछ, जसले सबै क्रेटा ईभी ग्राहकलाई समान लाभ पुग्ने सुनिश्चित गर्नेछ।

हुन्डाई नेपालले ग्राहक सन्तुष्टि र स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यले आफ्ना उत्पादनमा निरन्तर सुधार गर्दै आएको बताएको छ।

नेपालमा मूल्य–केन्द्रित र विश्वासिलो ब्रान्डको रूपमा परिचित हुन्डाई, बलियो अफ्टर सेल्स सर्भिस नेटवर्क, ६३ भन्दा बढी ‘रिल्याक्स रिचार्ज नेटवर्क’, तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्बली प्लान्ट सहित बलियो उपस्थिति देखाएको छ । यो प्लान्ट नेपालकै एकमात्र चारपांग्रे सवारीसाधन एसेम्बली प्लान्ट हो।

यी सबै पक्षले हुन्डाई नेपालको दीर्घकालीन ग्राहक सन्तुष्टि र भरपर्दो विद्युतीय मोबिलिटी समाधानप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारहरू

न्यूयोर्क अटो शोमा हुन्डाईले देखायो नयाँ अफ रोड कन्सेप्ट ‘बोल्डर’

न्यूयोर्क अटो शोमा हुन्डाईले देखायो नयाँ अफ रोड कन्सेप्ट ‘बोल्डर’

हुन्डाईले न्यूयोर्क अटो शोमा आफ्नो नयाँ अफ -रोड कन्सेप्ट गाडी बोल्डर पेश...

बीवाईडीको ब्राजिल प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट पायो १ लाख युनिट अर्डर

बीवाईडीको ब्राजिल प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट पायो १ लाख युनिट अर्डर

काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै...

नेपालमै एसेम्बल हुने भयो विद्युतीय गाडी, भयो सम्झौता

नेपालमै एसेम्बल हुने भयो विद्युतीय गाडी, भयो सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...