सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक सङ्केत राख्ने तयारी गरेको छ।

यसअघि धेरै स्थानमा राखिएका यस्ता सङ्केतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लगि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरू गरिनेछ। उनका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक सङ्केत राख्ने तयारी पूरा भएको छ।

योसँगै कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिए। सडक सङ्केत भएको स्थानमा र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रु धेरैलाई ज्ञान छै जसको कारण पनि सडकमा पछिल्लो समय सामान्य गल्तीले गर्दा पनि दुर्घटनाको घटना बढिरहेको यसलाई कम गर्न सडकमा नै प्रयोकर्तालाई जनचेतना दिने हो।

यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ। ट्राफिक कोन, डिभाइडर, सडक टल्कने सङ्केत समेत राखेर सुरक्षालाई थप मनबुत बनाउने विश्वास कामपाको छ ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ। कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिए।

सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने गरेका छन्।

सम्बन्धित समाचारहरू

जेनजी आन्दोलन : हजार भन्दा बढी सवारी साधन नष्ट

जेनजी आन्दोलन : हजार भन्दा बढी सवारी साधन नष्ट

काठमाडौं – मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी...

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न...

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...