बीपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालनमा रोक

काठमाडौँ - बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मंगलवार बसेको सुरक्षा समिति बैठकले काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

बर्षतका कारण विपद् बाढी पहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमा रोकिने काभ्रेपलान्चोक प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । 

सम्बन्धित समाचारहरू

कति छन् देशभर सवारी साधन ? यस्तो छ लाइसेन्स र सडकको अवस्था

कति छन् देशभर सवारी साधन ? यस्तो छ लाइसेन्स र सडकको अवस्था

काठमाडौं – नेपालमा दुई पांग्रे सवारीसाधनको संख्या तीव्र रूपमा बढिरहेको...

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना...

पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...