पाथीभरा केबलकारको गरियो शिलान्यास, अबको १५ महिनाभित्र चढ्न पाइने

ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा जानका लागि केबलकार निर्माण गर्न शिलान्यास गरिएको छ l केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजासहित शुक्रबार शिलान्यास गरिएको हो ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले जिल्लावासीको उपस्थितिमा शिलान्यास गरेका हुन् ।

निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले पाथीभरा देवीको जय–जयकारसहित शिलान्यास गरिएको र अब काम द्रुत गतिमा हुने बताएका छन् । केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलका अनुसार यसअघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको थियो । शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको उनले बताए ।

काम निरन्तर भएमा अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने पौडेलले जानकारी दिए । ताप्लेजुङको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि केबलकार लाभदायक बन्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

काठमाडौं – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व...

गत आर्थिक वर्षमा ९३२ किमी सडक कालोपत्रे, नागढुंगा सुरुङमार्गको निर्माण कार्य पूरा

गत आर्थिक वर्षमा ९३२ किमी सडक कालोपत्रे, नागढुंगा सुरुङमार्गको निर्माण कार्य पूरा

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष...

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं – सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...