सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६, उपराष्ट्रपति यादवले गरे उद्घाटन
काठमाडौं – स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले राजस्वमा ९ प्रतिशत योगदान दिने अटो क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण बदलिनु पर्ने बताएका छन्।
नाडा अटो शो २०२६ को भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले मुलुकको समग्र आर्थिक अवस्था र निजी क्षेत्रको निरन्तर खस्कँदो मनोबलप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
उनले सरकारलाई रचनात्मक सुझाव दिँदै वर्तमान समयमा सञ्चालनमा रहेका उद्योगहरूको संरक्षणमा ध्यान नदिए अर्थतन्त्रले थप संकट बेहोर्नुपर्ने चेतावनी दिएका हुन्।
समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले "भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला" भन्ने सटिक नेपाली उखानको प्रयोग गर्दै सरकारको ध्यानाकर्षण गराए। नयाँ उद्योग खोल्ने र वर्षौंदेखि बन्द रहेका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारको योजना सकारात्मक भए पनि, हाल जेनतेन चलिरहेका उद्योगहरूले भोगेका समस्यालाई बेवास्ता गर्न नहुने उनले स्पष्ट पारे। अहिले बजारमा क्रयशक्ति र माग दुवैमा भारी गिरावट आएको छ। माग बढ्न नसक्दा उद्योग र व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई हम्मे-हम्मे परिरहेको छ। आफ्नो ३६ वर्ष लामो व्यावसायिक जीवनमा यस्तो कहालीलाग्दो समय र व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै नदेखेको भन्दै उनले स्थितिको गाम्भीर्यतालाई सरकारसामु प्रस्तुत गरे।
नयाँ बनेको सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेका प्रतिबद्धताहरूलाई निजी क्षेत्रले स्वागत गरेको श्रेष्ठको भनाइ छ। सरकारले आगामी ५ देखि ७ वर्षभित्र नेपालीहरूको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, १०० बिलियन डलर (एक सय अर्ब डलर) को अर्थतन्त्र निर्माण गर्ने र करिब १२ लाख मानिसलाई रोजगारी दिने जस्ता अत्यन्तै महत्त्वाकांक्षी लक्ष्यहरू अघि सारेको छ। यी लक्ष्यहरू सुन्दा जति आकर्षक छन्, तिनको प्राप्ति त्यति नै चुनौतीपूर्ण रहेको श्रेष्ठले औँल्याए। उनले भने, "सरकारका यी महत्त्वाकांक्षी लक्ष्यहरू सफल बनाउन र काँधमा काँध मिलाएर हिँड्न निजी क्षेत्र पूर्ण रूपमा तयार छ, तर यसका लागि स्पष्ट कार्ययोजना, नीति र रणनीतिको नितान्त अभाव छ।" बजेटमार्फत गरिएका घोषणाहरू केवल कागजमा मात्र सीमित नभई व्यवहारमा उतार्न नेपालको समग्र अर्थतन्त्रलाई नै अहिले 'रि-इन्जिनियरिङ' (पुनर्संरचना) गर्नुपर्ने आवश्यकता रहेको उनले दाबी गरे।
समारोहमा अटोमोबाइल क्षेत्रको योगदानबारे विस्तृत चर्चा गर्दै श्रेष्ठले यसलाई अनुत्पादक क्षेत्र भनेर गरिने परम्परागत सरकारी दृष्टिकोणको आलोचना गरे। उनले तथ्यांक प्रस्तुत गर्दै यो क्षेत्र मुलुकको राजस्व संकलनको मुख्य मेरुदण्ड रहेको तथ्य उजागर गरे। गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने करिब १०६ अर्ब रुपैयाँ बराबरको सवारी साधन तथा अटो पार्ट्स आयात हुँदा राज्यले त्यसैबाट ८१ देखि ८२ अर्ब रुपैयाँसम्म राजस्व संकलन गरेको छ। देशको कुल राजस्वमा ८ देखि ९ प्रतिशतसम्मको विशाल योगदान दिने अटोमोबाइल क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा तत्काल परिवर्तन आउनुपर्ने उनको जोडदार माग छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...