बाढी पछि बने धेरै वैकल्पिक सडक (सूचीसहित)
काठमाडौं – त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा...
काठमाडौँ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरो पन्छाउने र अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
मन्त्री लम्सालका अनुसार सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै पहिरो प्रभावित क्षेत्रको दुवै छेउबाट १८ जना प्राविधिक तथा मजदुर परिचालन गरी जोखिमयुक्त रुख कटानको काम भइरहेको छ। रुख कटानको कार्य सम्पन्न हुनासाथ सडकमा थिग्रिएको पहिरो हटाउनका लागि आवश्यक निर्माण उपकरणहरूसमेत दुवैतर्फ तयारी अवस्थामा राखिएको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सुचारु गरी काठमाडौँ जोड्ने आपूर्ति व्यवस्था र यातायात सहज बनाउन मन्त्रालयले उपकरणहरू परिचालन गरेर द्रुत गतिमा काम गरिरहेको जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...