७ वर्षसम्म स्थिर रहने ब्याजदरमा एमजी ईभी किन्न पाइने, ब्याजदर ८.९९ प्रतिशत

काठमाडौं– एमजी ब्राण्डका ईभी ग्राहकले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा खरिद गर्न पाउने भएका छन् । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्ससले ७ वर्षसम्म स्थिर रहने ब्याजदर ८.९९ प्रतिशतमा ईभी बिक्री गर्ने योजना ल्याएको हो ।

पारामाउन्ट मोटर्सले अहिले एमजीका तीनवटा ईभी मोडल बिक्री गर्दै आएको छ । जसअन्तर्गत, मिनी कार कोमेटको पेस भेरिएन्टलाई १८ लाख र प्लेलाई २१ लाख पर्छ । यसैगरी, एमजी४ को कम्फर्ट भेरिएन्टलाई ४१ लाख ४९ हजार तथा डिलक्सलाई ५० लाख पर्छ ।

एमजीको सर्बाधिक सफल मोडल जेडएस ईभी तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसअनुसार, लङ रेन्ज भेरिएन्टको ७२ लाख, कम्फर्टको ४८ लाख ४९ हजार र डिलक्सको ५३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

एमजीका यी कार खरिद गर्न ग्राहकले सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम किस्तावन्दिमा भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

एमजीले ल्यायो एक्सपर्ट प्लेटफर्म : एमजी कारको जानकारी अब घरैमा बसेर लिने सकिने

एमजीले ल्यायो एक्सपर्ट प्लेटफर्म : एमजी कारको जानकारी अब घरैमा बसेर लिने सकिने

एमजी मोटर इन्डियाले कम्पनीले पेश गरेको मोडल अनुभव गर्नका लागि एआर...

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ...

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...