टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

नेपालमा अहिले टुरिष्ट बसको प्रयोग बढ्दो छ । विशेष गरी अन्तर्राष्ट्रिय पर्यटकलाई केन्द्रित गरेर यस्ता बस उपलब्ध गराउने गरिएको भए पनि पछिल्लो समयमा नेपाली पर्यटक समेत यस्ता बसमा धेरै चढ्ने गरेका छन् ।

काठमाडौंदेखि पोखरा, चितवन, लुम्बिनी, जनकपुर आदि स्थानमा यस्ता बस चल्छन् भने उपत्यका वाहिरबाट पनि अन्य स्थानमा यस्ता बस चल्ने गरेका छन् ।

विभिन्न टुर एन्ड ट्राभल एजेन्सीहरुले आफ्ना बस सेवा समेत सञ्चालन गरेका छन् । यी बस सञ्चालकहरु मध्ये कमसेकम दुई बस सञ्चालकहरु नेपाल टुरिस्ट बस एसोसिएसनमा आवद्ध छन् । नयाँ गाडी भएको अवस्थामा मात्र एसोसिएसनमा आवद्ध हुन पाइने नियम छ । हाल नेपालभर यस्ता करिव अढाई सय बस सञ्चालनमा रहेको एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण आचार्यले बताए ।

कुनै समयमा अगाडि चुच्चो निस्किएको मर्सिडिज बस चढ्दै नेपाल आएका पर्यटकले छोडेको बसबाट टुरिस्ट बसको सुरुवात भएको थियो । स्विस ट्राभल्सले सो बस संचालनमा ल्याएको थियो । पहिले रातो प्लेटमै चलिरहेकोमा पछि यस्ता बसलाई अलग्गै पहिचान दिनुपर्छ भन्ने उद्देश्यका साथ हरियो प्लेट राखेर चलाउन थालिएको थियो ।

कुनै समयमा दुई बस मात्र चल्ने चितवनमा अहिले १२ बस चल्छन् । पोखरामा पहिले करिव ८ बस चल्ने गरेकोमा अहिले करिव २५ बस चल्छन् । पहिले जेठ महिना पश्चात सेवा नै बन्द गर्नुपर्ने सौराहामा अहिले सधै सेवा पाइन्छ । यसमा आन्तरिक पर्यटकको विशेष भूमिका छ ।

यसरी आन्तरिक पर्यटकले समेत टुरिस्ट बसको प्रयोग गर्नुमा यसमा पाइने सेवा र सुविधाको विशेष भूमिका छ । सामान्यतः टुरिस्ट बस प्रयोग गर्दा पाइने ५ फाइदालाई यसरी उल्लेख गर्न सकिन्छ ।

सुविधा र फिचर
टुरिस्ट बस अन्य सामान्य बस भन्दा सुविधा र फिचरको दृष्टिकोणले समेत फरक छन् । यस्ता बसलाई तीन क्याटागोरीमा विभाजन गर्न सकिने आचार्यको भनाइ छ ।

प्रिमियम सोफा, टु बाई टु एसी र कोस्टर गरी तीन प्रकारका बस सञ्चालनमा रहेका छन् । स्ट्यान्डर्ड मेन्टेन गर्नकै लागि ४० सिटे बसलाई २८ सिटमा घटाएर समेत त्यही अनुसार सुविधायुक्त बनाइएको व्यवसायीहरुको भनाइ छ । प्लेनमा पाइने बिजनेस क्लास जस्तो सुविधा बसमा समेत उपलब्ध हुन्छ ।

बटम दबाए पछि आफ्नै अगाडि पछाडि हुने रिक्लाइनिङ सिट, बाहिरको मनोरम दृश्य हेर्न सकिने व्यवस्था, फराकिलो क्षेत्र लगायतका विशेषता र यात्रुहरुलाई चालक तथा सहचालकको मिजासपूर्ण व्यवहारका कारण यी बसमा चढ्न धेरैले रुचाउने गरेको पाइन्छ ।

नो लोकल, नो सिन्डिकेट
ग्राहकले गरेको बुकिङ अनुसार तोकिएको समयमै गाडी छुटाउने र पु¥याउने व्यवस्था हुन्छ । यसले गर्दा सिट भन्दा जति थोरै यात्रु भए पनि गाडी अगाडि बढिहाल्छ । बिचमा कुनै यात्रु चढाउने गरिदैन । बुकिङ गरेका यात्रुलाई भने जुनसुकै स्थानबाट पनि चढाउन सकिन्छ ।

उस्तै भाडा
चितवनमा सामान्य बसको भाडा करिव ७ सय हाराहारी हुँदा यी बसको भाडा ९ सय हाराहारी छ । पोखरामा सामान्य भाडा करिव १२ सय जति हुँदा प्रिमियम सोफा सहितको टुरिस्ट बसको भाडा १६ सय रुपैयाँ मात्र छ । यसमा पाइने सुविधा समेत विशेष छ ।

अनलाइनबाटै बुकिङ
टुरिस्ट बस एसोसिएसन नेपालको अनलाइन पोर्टल र एप्समार्फत बस टिकट लिन सकिन्छ । त्यसैगरी मास्टर कार्ड र भिसा कार्डबाट नेपाल बाहिरैबाट समेत सेवा लिन सकिन्छ । यसले गर्दा पर्यटकहरुलाई सहज हुन्छ ।

सुरक्षित यात्रा, दुर्घटनाको जोखिम कम
नेपालमा सडक दुर्घटना भइरहन्छ । टुरिस्ट बस भने यसमा अपवाद छ । सौभाग्य नै भन्नु पर्छ, हाल सम्म टुरिस्ट बसमा त्यस्तो ठूलो दुर्घटना भएको छैन । यसबाट कुनै मानवीय क्षति भएको छैन । ६० किलोमिटर प्रतिघण्टाको गति भन्दा माथिको गतिमा गाडी चलाउन नपाइने नियम छ । चालक नियुक्ति गर्दा नै विशेष सावधानी अपनाउने गरिन्छ । खासगरी पूर्व प्रहरी वा आर्मीहरु नै चालक छन् । घुम्न जाने यात्रुहरु त्यति धेरै हतारका साथ यात्रा गर्नुपर्ने आवश्यकता नहुने भएकाले स्पिड पनि कम हुन्छ । स्पिड लिमिट नै राखिएको हुन्छ । त्यसैगरी चोरी, डकैतीको डर पनि हुँदैन ।

सम्बन्धित समाचारहरू

तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु...

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू

काठमाडाैँ -हेटौंडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम...

सरकारी गाडीमा फागुन भित्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारी गाडीमा फागुन भित्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं – सरकारी सवारी साधना आगामी फागुन मसान्त भित्रै अनिवार्य रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...