चीनमा दैनिक ३ नयाँ ईभी सार्वजनिक, ब्याट्रीको गुणस्तरमा समस्या आउने सीएटीएलको चेतावनी
काठमाडौं–चिनियाँ बजारमा तीव्र प्रतिस्पर्धा र छोटो समयमै नयाँ मोडलहरू...
काठमाडौं - नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । रिडारा आरडी६ फाेरडब्लुडीले एनवाईईएफ मोटर र्याली अन्तर्गत मनाङ पुग्ने पहिलो ईभी पिकअपको गौरव हासिल गरेको छ। एनवाईईएफ र्यालीको आधिकारिक सवारी साझेदारका रूपमा, सीजी मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको सयक्त पहलमा यो सफलता प्राप्त गरेको हो।
काठमाडौँ – मनाङ जादा बेसिसहरमा एकपटक मात्र चार्ज गरेर मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिडाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण भएकाे र यसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको कम्पनीकाे भनाइ छ ।
रिडारा आरडी६ ले ३ हजार ५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ। यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, आरडी६ले न त पावर गुमायो, न त सन्तुलन।
४२४ किमीको रेन्ज र ५९५ एनएम टर्कले एनवाईईएफ र्यालीको उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको देखियो। विशेषगरी, ९५ प्रतिशत ग्रेडिबिलिटीका कारण सो मार्गका तीव्र उकालाहरू सहज पार गर्न सफल भयो। साथै, २२५ एाएम ग्राउण्ड क्लियरन्सले पथरीला र उचालिएका बाटाहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गर्यो। यस्ता कठिन परिस्थितिमा प्रदर्शन गर्नसक्ने क्षमताले आरडी६ लाई केवल शहरी प्रयोगका लागि होइन, अत्यन्त चुनौतीपूर्ण यात्राका लागि पनि उत्तिकै भरपर्दो बनाएको छ।
रिडाराको यो सफलताले केवल एउटा सवारीको सीमामा सन्देश दिएको छैन, यसले नेपालको भविष्य विद्युतीय गतिशीलतामा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...