हिरोको ४४० सीसी बाइकको नाम माभ्रिक हुने, हार्ले डेभिडसन एक्स४४० मा आधारित हुने
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१ इलेक्ट्रिक स्कुटर दुई भेरिएन्ट भी१ प्लस र भी१ प्रोमा उपलब्ध हुनेछ । यसको प्लस भेरिएन्टमा १४३ किलोमिटर र प्रो भेरिएन्टमा १६५ किलोमिटर रेन्ज सहित ड्युअल रिमुभेवल ब्याट्री उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार दुवै मोडलको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । भी१ प्लसले ३.४ सेकेन्डमा ० देखि ४० किलोमिटर र प्रोले ३.२ सेकेन्डमा सो दुरी पार गर्छ ।
भिडा भी१ मा एलईडी इल्युमिनेसन र ७ इन्चको टीएफटी टचस्क्रिन डिस्प्ले छ भने इको, राइड, स्पोर्ट र कस्टम गरी विभिन्न राइड मोड उपलब्ध छ । यसमा स्प्लिट सिट, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, सिंगल रियर सक र सिंगल डिस्क ब्रेक सेट उपलब्ध छ । समग्रमा यो स्कुटर स्टाइलिस छ ।
भिडा भी१ प्लसको मूल्य १ लाख ४५ हजार र भिडा भी१ प्रोको मूल्य १ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसको डेलिभरी भने डिसेम्बर महिना देखि मात्र हुनेछ ।
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
हिरो मोटोकर्पले आफ्नो नयाँ बाइक जनवरी २३ मा लन्च गर्ने तयारी गरिरहेको छ ।...
नेपाली बजारमा गत बिहीबार नयाँ हिरो माएस्ट्रो एज स्कुटर भित्रिएको छ । २ लाख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...