ज्योतिको भनाइ : स्टाइलिङ, फिचर र कलर कम्बिनेसनले हिरोको बजारलाई एक कदम माथि उठाउने छ

नेपाली बजारमा गत बिहीबार नयाँ हिरो माएस्ट्रो एज स्कुटर भित्रिएको छ । २ लाख १५ हजार रुपैयाँ मूल्य तोकिएको उक्त स्कुटरमा ब्लुटुथ र अन्य विभिन्न नयाँ फिचर उपलब्ध छन् ।

यसै सन्दर्भमा नेपालमा हिरोको यो स्कुटर र अन्य विभिन्न मोडलको बजार सम्भाव्यता तथा आगामी योजना वारेमा हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका अध्यक्ष अभिक ज्योतिसँग नेपाल अटोले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

हालै नेपाली बजारमा लन्च गरिएको नयाँ हिरो माएस्ट्रो एजको विशेषता के छ ?
नेपाली बजारमा हामीले नयाँ माएस्ट्रो एज स्कुटर लन्च गरेका छौ । नयाँ माएस्ट्रो एज ११० मा फर्स्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, फुल डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न बाई टर्न नेभिगेसन सहित नयाँ सार्पर डिजाइन छ ।

फुल डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीले यसलाई प्राविधिक रुपमा उन्नत गराएको छ । टर्न बाई टर्न नेभिगेसनले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ । आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्छ भने ग्राहकको सुविधाको लागि वाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

नयाँ हिरो माएस्ट्रो एज ११० मा नयाँ आकर्षक स्लिकर डिजाइन भएको र सेगमेन्टकै पहिलो शक्तिशाली एलईडी प्रोजेक्टर हेडलाइट छ । स्कुटरको अगाडिको भाग सार्प बनाइएको छ ।

हाल उपलब्ध माएस्ट्रो एजले नेपाली स्कुटर बजारमा कस्तो परिवर्तन ल्याउने अपेक्षा गर्नुभएको छ ?
नेपाली बजारमा हिरोको स्कुटर बजार अपेक्षित रुपमा राम्रो हुन सकेको छैन । हामीले यो भन्दा पहिले प्लेजरलाई अपग्रेड गरिएको प्लेजर प्लस र प्लेजर प्लस प्लाटिनमका साथै डेस्टिनी १२५ समेत आए पछि केही सकारात्मक सन्देश प्रवाह भएको छ । अबको माएस्ट्रो एजमा भएको स्टाइलिङ, फिचर र कलर कम्बिनेसनले हिरोको स्कुटर बजारलाई एक कदम माथि उठाउने अपेक्षा गरेका छौ ।

अहिले हिरो माएस्ट्रो एज लन्च गर्नुभयो । अब आगामी दिनमा कुन मोडल लन्च गर्ने योजना बनाउनु भएको छ ?
आगामी दिनमा अब सबै बीएस६ इन्जिनयुक्त मोडल विस्तारै ल्याउने छौ । बैशाख देखि नै हामीले यस्ता मोडल ल्याउने तयारी गरेका हौ । केही ढिला भएको मात्र हो । भारतमा सबै लन्च भइसकेको छ । नेपालमा पनि एक सय सीसी देखि माथिका सबै स्प्लेन्डर प्लस देखि एक्सपल्स २०० र २००टी सम्म र सबै स्कुटर उपलब्ध हुने छन् ।

नेपाली बजारमा धेरै बिक्री हुने मोडल पर्छ एक्सपल्स २०० । भारतमा यसको अर्को भर्सन सार्वजनिक भइसकेको छ । नेपालमा कहिले सम्म उपलब्ध गराउने योजनामा हुनुहुन्छ ?
६ महिना भित्र हामी उपलब्ध गराउँछौ । यो अवधिमा अन्य मोडल समेत नेपाली बजारमा उपलब्ध गराउने छौ ।

हाल फेस्टिभ मौसम चलिरहेको छ । हिरोले पनि अन्य ब्रान्डले जस्तै विभिन्न स्किम उपलब्ध गराइरहेको छ । के छ हिरोको स्किम ?
हिरोले ‘दशैंंको बेला हिरोको मेला’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म नगद पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा पनि उपलब्ध रहेको छ । यो अफर आगामी छठ सम्म जारी रहने छ ।

आगामी दिनका लागि नेपाली बजारमा हिरोको कस्तो रणनीति हुनेछ ?
हामी अब बीएस६ मोडलमै बढी ध्यान केन्द्रीत गर्नेछौ । एक्स्ट्रिम १६०आर त पहिले देखि नै बीएस६ मा छ । अन्य मोडल पनि क्रमशः उपलब्ध गराउदै जानेछौ । बीएस६ इन्जिनयुक्त मोडलको स्टाइलिङ, ग्राफिक्स र टेक्नोलोजीमा परिवर्तन हुने भएकाले यसको मूल्य पनि बढ्छ । त्यही अनुसार सर्भिसिङमा पनि ध्यान दिनुपर्छ । हामीले यी सबैका लागि आवश्यक तयारी गरेर ग्राहकको चाहना अनुरुपका विभिन्न मोडल क्रमशः नेपाली बजारमा उपलब्ध गराउने छौ ।

सम्बन्धित समाचारहरू

नेपालमै पहिलो पटक हिरो ब्रान्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२ आयोजना हुँदै

नेपालमै पहिलो पटक हिरो ब्रान्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२ आयोजना हुँदै

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी...

होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता

होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता

डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी...

पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो

पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो

विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...