प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

अन्य सेगमेन्टका सवारी साधन करिव १०० वर्ष देखि नै उत्पादन गरिरहे पनि स्कुटर सेगमेन्टमा प्रवेश नगरेको प्युजो ब्रान्डले पहिलो पटक एड्भेन्चर स्कुटर सेगमेन्टका साथ बजारमा प्रवेश गर्दैछ ।

यो वर्ष चलिरहेको ईआईसीएमए २०२२ मा प्युजोले नयाँ एड्भेन्चर स्कुटर एक्सपी४०० सार्वजनिक गरेको छ । ट्विन हेडलाइट तथा एउटा चुच्चो र ठूलो विन्डस्क्रिनका साथ हाइलाइट भएको फ्रन्ट इन्डका साथ यो स्कुटर सार्वजनिक गरिएको छ ।

सो स्कुटरको ह्यान्डलबारमा ह्यान्डगार्ड पनि देख्न सकिन्छ भने फेयरिङमा सुक्ष्म डेकल पनि छ । तल्लो भागमा चिल्लो टायरका साथ स्पोक्ड ह्विल छ ।

सो स्कुटरमा भएको युरो–५ मापदण्डयुक्त ४०० सीसीको इन्जिनले ३६.७ एचपी पावर र ३८.१ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरको अन्य प्राविधिक पक्षका वारेमा भने सार्वजनिक गरिएको छैन । आगामी दिनमा यसको वारेमा थप जानकारी प्राप्त हुने नै छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...