यस्तो छ रोयल इन्फिल्डले हालै नेपाल ल्याएको नयाँ मोटरसाइकल ‘स्क्र्याम ४४०’, मूल्य कति ?

काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा आफ्नो बहुप्रतीक्षित स्क्र्याम ४४० लन्च गरेको छ । एडभेन्चर क्रसओभरको रूपमा डिजाइन गरिएको यो मोटरसाइकलले शहरका व्यस्त सडकमा आवश्यक चुस्त गतिशीलता र अफरोडका चुनौतीपूर्ण ट्रेलहरूमा वास्तविक क्षमता मिश्रित गर्दै राइडरहरूलाई ‘जहाँ पनि, जुनसुकै समयमा रमाइलो’ को स्वतन्त्रता प्रदान गर्ने विश्वास लिइएको छ ।

मजबुत एलएस ४४० इन्जिनद्वारा सञ्चालित यो बाइकले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्छ, जसले सहज, शक्तिशाली र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्छ । नेपालभरका सबै डिलरशिपहरूमा बुकिङ खुला भइसकेको यो मोटरसाइकलको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँबाट सुरु हुन्छ ।

रोयल इन्फिल्डको शुद्ध मोटरसाइकलिङ डीएनएमा आधारित स्क्र्याम ४४० ले एडभेन्चरको जन्मजात गुणलाई खेलकुद–मस्तीका लागि ट्युन गरेको छ । यो क्रसओभर मोटरसाइकल ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा उपलब्ध छ ।

ट्रेल भेरिएन्टले परम्परागत स्पोक ह्विल र ट्युब टायरसहित अफरोडका लागि आदर्श डिजाइन बोकेको छ, जुन ट्रेल ब्लु र ट्रेल ग्रीन कलर अप्सनमा आउँछ । यसको विपरीत, फोर्स भेरिएन्ट शहर–केन्द्रित सवारीलाई ध्यानमा राखेर आधुनिक अलोय ह्विल र ट्युबलेस टायरसहित तयार पारिएको छ, जुन फोर्स ब्लु, फोर्स ग्रे र फोर्स टील कलरमा उपलब्ध हुन्छ ।

यसमा ४४३ सीसीको नयाँ लङ स्ट्रोक सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन जडान गरिएको छ, जसले २३.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पन्न गर्छ । सिक्स–स्पिड गियरबक्सले शहरका ट्राफिक जाममा सहज स्विचिङ र अफ–रोड ट्रेलहरूमा शक्तिशाली एक्सेलरेसन प्रदान गर्छ ।

हरेक प्रकारको भू–भागका लागि तयार यो बाइकमा १९ इन्च अगाडि र १७ इन्च पछाडिका ड्युअल–पर्पोज ट्युबलेस टायर, स्विचेबल एबीएस र मात्र ७९५ एमएमको सिट हाइट समावेश छन् । यसले नयाँ राइडरहरूलाई पनि सहज महसुस गराउँछ भने अनुभवीहरूलाई थप आत्मविश्वास दिन्छ ।

डिजाइनको हिसाबले, स्क्र्याम ४४० ले सन्तुलित एर्गोनोमिक्स र अप–राइट राइडिङ पोजिसन अपनाएको छ, जसले लामो यात्रामा थकान कम गर्छ । अगाडि १९० एमएम र पछाडि १८० एमएमको सस्पेन्सन ट्राभलले उबडखाबड सडक वा अफ–रोडमा उत्कृष्ट नियन्त्रण सुनिश्चित गर्छ ।

२०० एमएमको ग्राउन्ड क्लियरेन्सले पहाडी बाटोहरूमा पनि निर्बाध यात्रा सम्भव बनाउँछ । यसबाहेक, उज्ज्वल एलईडी हेडलाइट, सुधारिएको ब्रेकिङ सिस्टम र टप बक्स रेडीनेस जस्ता फिचरहरूले यसलाई दैनिक कम्युटिङदेखि विकेन्ड एडभेन्चरसम्म बहुउपयोगी बनाएको छ ।

सम्बन्धित समाचारहरू

प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने

प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने

काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...

गुन्यु चोली जोगाउन थालिएको मेची-काली यात्रा समापन

गुन्यु चोली जोगाउन थालिएको मेची-काली यात्रा समापन

कञ्चनपुर- महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर...

नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्राका साथ रोयल इन्फिल्ड महाराइड सम्पन्न

नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्राका साथ रोयल इन्फिल्ड महाराइड सम्पन्न

नेपालगञ्ज – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...