असार ५ देखि म्याङ्गो राइड हुने
दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो...
नेपालगञ्ज – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इन्फिल्ड महाराइड भव्य रूपमा सम्पन्न गरेको छ । रोयल इन्फिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो ।
सो रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट रहेका थिए भने विशिष्ट अतिथिका रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल रहेका थिए । नेपाल प्रहरी (जनपथ) का प्रहरी उपरीक्षक तुलबिक्रम कार्की र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शोभाकान्त खनाल समेत अतिथिको रुपमा रहेको सो कार्यक्रमको फ्ल्याग अफ प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख प्रशान्त बिष्टबाट भएको थियो ।
यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् । साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए। नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए ।

त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे । यात्राले मोटरसाइकल पर्यटनलाई प्रवर्धन गर्नुका साथै स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गरेको कम्पनीको भनाइ छ ।
यात्राको थप आकर्षण थियो रोयल इन्फिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरियो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इन्फिल्ड राइडर दशरथ चन्दलाई सम्मान प्रदान गरिएको थियो ।
सो भव्य महाराइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो...
रोयल इन्फिल्डले हालै सम्पन्न इक्मा अटो शो २०२५ मा बुलेट श्रृंखलाको...
इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...