यस्तो हुनेछ रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता...
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी चैत ५ गते मुस्ताङ यात्रामा निस्कने भएका छन् । ५ दिनसम्म चल्ने सो राइडमा ३० भन्दा बढी रोयल इन्फिल्ड मोटरसाइकल सहभगाी हुने आयोजक संस्था प्रो बुलेट सर्भिस सेन्टरले जनाएको छ ।
विगत ४ वर्षयता देशका विभिन्न स्थानमा राइड आयोजना गर्दै आएको प्रो बुलेट सर्भिस सेन्टरले यसपटक काठमाडौंदेखी मुस्ताङसम्म राइड गर्न लागेको हो । यस राइडमा सहभागी हुन इन्ट्रि फी बापत १६ हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रो बुलेटका संचालक प्रभात फुयाँलले बताए ।
उनका अनुसार राइडमा विगत १७ वर्षदेखी रोयल इन्फिल्ड मोटरसाइलको मेन्टिनेन्स कार्य गर्दै आएका वरिष्ठ टेक्निसियन अनिल दास समेत सहभागी हुनेछन् । जसका कारण यात्राको दौरान मोटरसाइकलमा समस्या आएर कोहीपनि राइडरले सास्ति खेप्नु पर्दैन ।
‘५ गते काठमाडौंबाट निस्केको राइडर टोली उक्त दिन पोखरास्थित बोदी सुइटमा बस्ने कार्यक्रम तय गरिएको छ । दोस्रो दिन मुस्ताङको विभिन्न रमणिय स्थल अवलोकन गर्दै र अफराईड यात्राको मजा लिँदै मुक्तिनाथ पुग्ने योजना छ । चैत ९ गते काठमाडौं फर्किएर सो राइड सम्पन्न हुनेछ’ दासले भने ।
यस राइडलाई रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स प्रालिले सहयोग गरेको हो । राइडमा सहभागी हुने राइडरले प्रो बुलेट सर्भिस सेन्टरबाट आफ्नो मोटरसाइकल सर्भिसिङ गराउँदा लाइफ टाइम निशूल्क सेवा पाउनेछन् । साथै उनीहरुलाई अवार्ड र विभन्न पुरस्कारमार्फत सम्मान समेत गरिनेछ ।
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता...
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...