देशका ३० मुख्य शहरमा टीभीएस एनटर्क स्कुटरको माइलेज क्याम्प
काठमाडौं– टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...
टीभीएसले आफ्नो लोकप्रिय बाइक रेडर १२५ को नयाँ आईगो भेरिएन्ट ल्याएको छ । यस नयाँ भेरिएन्टमा धेरै विशेष फिचर थपिएको छ, जसमध्ये सबैभन्दा विशेष यो सेगमेन्टको पहिलो "बुस्ट मोड" हो । साथै बाइकमा नयाँ कलर अप्सन र रेड अलोय ह्विल पनि दिइएको छ ।
रेडर १२५ को नयाँ भेरिएन्ट आफ्नो सेगमेन्टमा सबैभन्दा तीव्र बाइक भएको दाबी छ । सो बाइकको एक्स शोरुम मूल्य ९८ हजार ३ सय ८९ भारु राखिएको छ । टीभीएस रेडर आईगो भेरिएन्टमा फर्स्ट-इन-क्लास बुस्ट मोडका साथै अपग्रेड गरिएको रिभर्स एलसीडी जडान गरिएको क्लस्टर छ ।
टीभीएस रेडरले ३ वर्षभित्र १० लाख युनिट बिक्रीको ठुलो कोशेढुङ्गा पनि हासिल गरेको छ । यो उपलब्धि मनाउन कम्पनीले नयाँ आईगो भेरिएन्ट ल्याएको छ । यसको बुस्ट मोडका कारण ०.५५ प्रतिशत अतिरिक्त टर्क र १० प्रतिशतसम्म बढी माइलेज पनि बढेको छ । सो बाइकले ११.७५ एनएमको टर्क जेनेरेटगर्छ । यसले ५.८ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघण्टाको गति लिन्छ ।
नयाँ टीभीएस रेडर आईगो भेरिएन्टमा १२५ सीसीको इन्जिन जडान गरिएको छ, जसले ०.५५ एनएम अतिरिक्त टर्क जेनेरेट गर्न सक्षम छ । सो बाइकमा सेगमेन्टको पहिलो बुस्ट मोड, बेस्ट-इन-क्लास एक्सेलेरेशन, मल्टिपल राइड मोड र नयाँ नार्डो ग्रे कलर अप्सन छ । साथै यसमा स्पोर्टी रेड अलोय ह्विल, रिभर्स एलसीडी क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, भ्वाइस असिस्ट, टर्न-बाइ-टर्न नेभिगेसन र कल म्यानेजमेन्ट जस्ता एड्भान्स फिचर पनि समावेश गरिएको छ ।
काठमाडौं– टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...
टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...
टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...