द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
बजाज ब्रान्ड नेपाल भित्रिएको २५ वर्ष पुगेको छ । सो अवसरमा बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २५औं वार्षिकोत्सव मनाएको छ ।
२५ वर्षको अवधिमा नेपाली बजारमा धेरै बजाज बाइक बिक्रीका लागि उपलब्ध भए । शुरुमा क्यालिबर, बक्सर आदि ब्रान्ड भित्र्याएको बजाजले हालै पछिल्लो उत्पादनको रुपमा एन सिरिजका मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराइरहेको छ । हाल हुलास अटोक्राफ्ट मार्फत बजाजका मोटरसाइकल नेपालमै एसेम्बल भइरहेका छन् ।
नेपाली बजारमा सबैभन्दा पहिले लोकप्रिय बनेको मोटरसाइकल मोडल ‘बक्सर’ थियो । त्यतिबेला बजाज र कावासाकीको सहकार्यमा मोटरसाइकल उत्पादन हुने भएकाले सो मोटरसाइकल पनि कावासाकी ब्रान्डमै आएको थियो । पहिलो पटक सन् १९९८ मा बजाज मोटरसाइकल नेपाल भित्रिए पनि २००२ तिर भित्रिएको बक्सर मोटरसाइकलले नै बजाजको उचाईलाई एक कदम माथि उठाउन भूमिका खेलेको थियो । धेरै नेपालीहरुले पहिलो पटक चढेको मोटरसाइकलको रुपमा बक्सर प्रचलित छ ।
सन् २००३ मा भित्रिएको पल्सर १५० डीटीएसआईले पावर सेगमेन्टमा मोटरसाइकललाई प्रवेश गराएको थियो । गोलो हेडलाइट भएको सो मोटरसाइकलले नै धेरै युवाहरुलाई मोटरसाइकल चढ्न प्रेरित गरेको थियो । ‘त्यो बेला १५० सीसीको स्पोर्ट्स बाइक हुन्छ भनेर कसैले कल्पना पनि नगरेको अवस्था थियो । यसले अफोर्डेबल स्पोर्ट्स सेगमेन्टमा एउटा नयाँ शुरुवात गरेको थियो । आजको दिनमा यो नेपालको सबैभन्दा ठूलो सेगमेन्टको रुपमा आएको छ ।’ हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा भन्छन् । अहिले १५० सीसी सेगमेन्टमा धेरै मोडलका पल्सर मोटरसाइकल उपलब्ध छन् । धेरै युवाहरुको रोजाईमा यो सेगमेन्ट अझै पर्छ ।
पल्सर २२०एफ अफरोड मोटरसाइकलको रुपमा समेत परिचित छ । उकालो, ओरालो वा कुनै पनि अप्ठ्यारो बाटोमा समेत सहज तरिकाले चलाउन सकिने मोटरसाइकल मोडल पल्सर २२०एफ हो । गोल्छा भन्छन्, ‘पहाडी सडकमा चल्ने १० मध्ये ८ मोटरसाइकल पल्सर २२०एफ हुन्छ ।’ यो नेपाली सडकका लागि परफेक्ट भेइकल वा अल्टिमेट मेसिनका रुपमा मानिन्छ ।
नेपाली युवाहरुको मन जित्ने अर्को मोडल एनएस सिरिज हो । एनएस सिरिजका बजाज मोटरसाइकल निकै पावरफुल र एड्भान्स टेक्नोलोजीयुक्त छन् । १६० र २०० सीसीमा उपलब्ध यो सिरिजका मोटरसाइकल पनि नेपाली बजारमा निकै नै रुचाइएका मोडल हुन् ।
डोमिनार अर्को नयाँ सेगमेन्ट हो । २५० र ४०० सीसी सेगमेन्टमा उपलब्ध यो मोटरसाइकलले नेपालमा एउटा टुरिङ कल्चर विकास गर्नमा भूमिका खेलेको कम्पनीको भनाइ छ । बजाजका मोटरसाइकल मध्ये यो नेपालमा उपलब्ध सबैभन्दा महंगो मोडल हो ।
अब नयाँ मोडलको रुपमा एन सिरिज आएको छ । अर्को जेनेरेसनलाई नेतृत्व गर्ने लक्ष्यका साथ यो नेपाली बजारमा उपलब्ध भएको कम्पनीको भनाइ छ । नेपाली बजारमा हालै भित्रिएका पल्सर एन १६० र एन २५० यसैका उदाहरण हुन् । यद्यपि यी मोडलको बजार भने भविष्यले नै निर्धारण गर्नेछ ।
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’...
काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...