आजदेखि निषेधाज्ञा थप कडाइ

काठमाडौं - आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । 

यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ४ वटा शीर्षकमा १४ निर्णय गरेको छ। 

  • आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्ने:-
  • निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्‍चालन गर्ने, नेपाल राष्‍ट्र बैंकले यसमा सहजीकरण गर्ने।
  • अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्‍चालन गर्ने।
  • काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।
  • उद्योग व्यवसाय सञ्‍चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्ने:
  • कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्‍चालन गर्ने।
  • कोभिड-१९ को रोकथाम, नियन्‍त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्‍जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्‍चालन गर्ने। 
  • सार्वजनिक निर्माणका कार्यहरूमा संलग्‍न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्‍ने।
  • आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्‍गम र गन्तव्य प्रष्‍ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्‍चालन गर्ने।
  • क्वारेन्‍टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्ने:-
  • काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्‍वारेन्टिनमा बस्‍नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्‍त्र निर्माण गरी अनुगमन गर्ने।
  • होम क्‍वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।
  • होटेल क्वारेन्‍टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल Deport गर्ने प्रक्रिया अघि बढाउने।
  • होटेल क्वारेन्‍टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।
  • होटेल क्‍वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्‍चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।
  • जनचेतनासम्बन्धमा देहायबमोजिम गर्ने:-
  • आमसञ्‍चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित/प्रकाशित गर्न अनुरोध गर्ने।
  • सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।

सम्बन्धित समाचारहरू

सबैभन्दा खराब अवस्थाबाट गुज्रिदै पाकिस्तानी अटो उद्योग

सबैभन्दा खराब अवस्थाबाट गुज्रिदै पाकिस्तानी अटो उद्योग

कोरोना महामारी पछि विश्वभर अटोमोबाइल बजार पुरानै स्थितिमा फर्किए पनि...

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...

सीडीसीले भन्यो : खोप लगाएका व्यक्तिले सार्वजनिक यातायात वाहेक अन्यमा मास्क लगाउनु पर्दैन

सीडीसीले भन्यो : खोप लगाएका व्यक्तिले सार्वजनिक यातायात वाहेक अन्यमा मास्क लगाउनु पर्दैन

केही विशेष परिस्थितिबाहेक कोभिड १९ विरुद्धको खोप पूर्ण लगाएका मानिसहरुले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...