राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्न ६.१० प्रतिशत ब्याजदरमा १ करोड सम्म कर्जा दिने
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा...
काठमाडौं – नयाँ सवारी साधन किन्नका लागि अन्य बैंक जस्तै एभरेष्ट बैंकले पनि गाडी कर्जा उपलब्ध गराउदै आएको छ । एभरेष्ट भेइकल लोन नामक उक्त कर्जा योजना अन्तर्गत विभिन्न दरमा अटो लोन पाउन सकिन्छ ।
एभरेष्ट बैंकले कुनै व्यक्तिका लागि ७ वर्ष सम्म तिर्ने गरी १०.४९ प्रतिशत र १० वर्ष सम्म तिर्ने गरी ११.४९ प्रतिशत फिक्स्ड ब्याजदरमा अटो लोन उपलब्ध गराउछ । व्यक्ति भन्दा अन्य कर्पोरेट सेक्टर वा कार्यालयहरुका लागि ५ वर्षका लागि १२ प्रतिशत, १० वर्षका लागि १३ प्रतिशत र १० वर्ष भन्दा बढीका लागि १४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउछ ।
एभरेष्ट बैंकले हाल ५.८५ प्रतिशत बेस रेट तोकेको छ भने अटो लोनका लागि यसमा २.५० देखि ५ प्रतिशत सम्म जोडेर लिन सकिने व्यवस्था छ ।
एभरेष्ट बैंकले हाल चाडपर्वको अवसरमा एभरेष्ट उत्सवमय अफर ल्याएको छ । यस अन्तर्गत ६.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा र ७.९९ प्रतिशत कर्जामा मोटरबाइक कर्जा उपलब्ध गराउने बताएको छ । यो उत्सवमय अफर हाल चाडपर्वको अवसरमा लागू गरिएकाले केही समयका लागि मात्र उपलब्ध गराइएको हो ।
एभरेष्ट बैंकले कार, जिप, भ्यान, मल्टी युटिलिटी भेइकल र स्पोर्ट्स युटिलिटी भेइकल आदिमा व्यक्तिगत र व्यावसायिक कर्जा उपलब्ध गराउने गरेको छ । कुनै पनि व्यक्ति वा व्यावसायिक संस्थाले आफूले तिर्नु पर्ने मासिक किस्ता भन्दा कमसेकम दोब्बर आम्दानी भएको विवरण बैंकमा बुझाउनु पर्नेछ ।
व्यक्तिका लागि आफ्नो आम्दानी भन्दा ३० गुणा बढी सम्म वा व्यावसायिक कार्यका लागि आवश्यकताका आधारमा कर्जा उपलब्ध गराइने छ । बैंकले सामान्यतः ७ वर्ष सम्मका लागि कर्जा उपलब्ध गराउने गरेको छ ।
व्यक्तिगत कर्जा उपलब्ध गराउदा गाडीको मूल्यको ५० प्रतिशत सम्म र इलेक्ट्रिक गाडीको मूल्यको ८० प्रतिशत सम्म बैंकले कर्जा उपलब्ध गराउने छ । यसरी कर्जा उपलब्ध गराए पश्चात गाडी बैंककै नाममा हुन्छ भने धितो समेत उपलब्ध गराउनु पर्नेछ ।
यस सम्बन्धी थप जानकारी यो लिंकमार्फत लिन सकिन्छ ।
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा...
बैंक तथा बित्तिय संस्थामा लगानी योग्य पूजीँको अभाव र राष्ट्र बैंकले हायर...
काठमाडौं – विद्युतीय सवारी साधनमा लागू भएको लोन टु भ्यालु रेसियाेकाे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...