यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने, इन्ट्रि लेभल इभीको मूल्य कम हुने अनुमान

यो वर्ष विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने प्रक्षेपण गरिएको छ । इन्टरनेश्नल इनर्जी एजेन्सि(आइईए) ले सन् २०२३ मा विश्वभर इभीको बिक्रीमा उच्च बृद्धि हुने प्रक्षेपण गरेको हो । सन् २०२२ मा १ करोड हाराहारी इभी बिक्री भएको र यो वर्ष उक्त संख्यामा ३५ प्रतिशतले बृद्धि भई १ करोड ४० लाख पुग्ने सो एजेन्सिको दावी छ ।

इभीमा उपभोक्ताको रुची बढ्दै जानु र विश्वका कैयन राष्ट्रले यस्ता साधनको प्रवद्र्धनमा सरकारी तवरबाटै जोड दिँदै गएका कारण आगामी वर्षहरुमा इभीको बिक्रीले उच्च गती लिने देखिएको हो । इभीको बिक्री वढेसंगै उत्पादकले यस्ता साधनको उत्पादन बढाउँदै जाने र फलस्वरुप यसै वर्षदेखी इन्ट्रि लेभल र मिडियम साइजका इभीको मूल्य समेत सस्तिने आँकलन आइईएले गरेको छ ।
‘यो वर्षबाटै कम्वस्चन इन्जिन जडित गाडीको तुलनामा साना इभीको मूल्य सस्तो हुँदै जाने देखिएको छ । एसयूभी र पिकअप इभीको मूल्य भने सन् २०३० देखीमात्र सस्तो पर्ने देखिन्छ’ एजेन्सिका इनर्जी टेक्नोलोजी पोलिसी हेड तिमार गीलले वताए ।

पछिल्लो समय प्यासेन्जर कारमा मात्र नभई इभीको प्रयोग फ्लिट, कमर्सियल भेइकल, एचसिभी र वसमा समेत वढ्दै गएको छ । गत वर्ष भारतमा दर्ता भएको थ्री ह्विलरको कुल संख्याको आधाभन्दा वढी इलेक्ट्रिक रहेको समेत सो एजेन्सिको भनाई छ ।

इभीको प्रयोग वढेसंगै पेट्रोलियम उद्योगको भविष्य थप संकटमा पर्दै जाने र सन् २०३० देखी इभीकै कारण हरेक दिन ५० लाख ब्यारेल पेट्रोलियम वचत हुने आइईएले निश्कर्ष निकालेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि...

एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले इलेक्ट्रिक कारको करमा फेरवदल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...