चीनमा लन्च भयो लिपमोटर बी१०, एक घण्टामै १५ हजार बढी बुकिङ
चाइनिज एनईभी ब्रान्ड लिपमोटरले चीनमा लिपमोटर बी१० कम्प्याक्ट इलेक्ट्रिक...
काठमाडौं– चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा २१ सयभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको छ । भन्सार विभागको तथ्यांकानुसार यो अवधिमा दुई हजार १३५ विद्युतीय जीप, कार र भ्यान भित्र्याइएको हो ।
तीन महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाल भित्र्याइएको छ । पछिल्ला तीन महिनामा ५० किलोवाटसम्मका ९५४, १०० किलोवाटसम्मका एक हजार १६६, २०० किलोवाटसम्मका १२ र त्यसभन्दा माथिका तीन ईभी भित्र्याइएको हो । पाँच अर्ब १७ करोड ७१ लाख मूल्यबराबरका यी ईभीबाट सरकारले दुई अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भारतबाट एक हजार ७३ र चीनबाट एक हजार ५१ ईभी नेपाल भित्र्याइएको छ । इन्डोनेसियाबाट सात र जर्मनी र दक्षिण कोरियाबाट दुई/दुई गाडी भित्र्याइएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा नेपाल आएको सो संख्या गत आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको तुलनामा तीन गुणा बढी हो । गत वर्षको यसै अवधिमा दुई अर्ब रुपैयाँबराबरका ७०५ ईभी नेपाल भित्र्याइएको थियो । त्यसबाट सरकारले करिब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चाइनिज एनईभी ब्रान्ड लिपमोटरले चीनमा लिपमोटर बी१० कम्प्याक्ट इलेक्ट्रिक...
चाइनिज कम्पनी बीवाईडी सन् २०२४ मा हुने युईएफए युरोपियन फुटबल...
काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...