चीनमा लन्च भयो लिपमोटर बी१०, एक घण्टामै १५ हजार बढी बुकिङ

चाइनिज एनईभी ब्रान्ड लिपमोटरले चीनमा लिपमोटर बी१० कम्प्याक्ट इलेक्ट्रिक क्रसओभर सार्वजनिक गरेको छ । सो अवसरमा पहिलो एक घण्टामै १५ हजार भन्दा बढी अर्डर प्राप्त गरी महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

अत्याधुनिक फिचर सहितको लिपमोटर बी१० पाँच भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य १ लाख ९ हजार ८०० देखि सुरु हुन्छ । लिडार सेन्सर सहितको पहिलो ईभी र १ लाख २० हजार आरएमबी भन्दा कम मूल्यको ईभी भनेर समेत यसले चर्चा पाएको छ ।

बी१० को लम्बाई, चौडाई र उचाई क्रमशः ४५१५ एमएम, १८८५ एमएम र १६५५ एमएम छ भने ह्विलबेस २७३५ एमएम छ ।

यसमा स्ट्रिपले कनेक्ट गरिएको स्लिम एलईडी रनिङ लाइट छ भने रुफमा लिडार सेन्सरका साथै फ्लस डोर ह्यान्डल र रियरमा सिंगल पिस टेललाइट रहेको छ ।

इन्टेरियरमा १४.६ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट युनिट, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर र फोल्डिङ टेबलका लागि एङकोर प्वाइन्ट सहितको युनिक सेन्टर कन्सोल रहेको छ ।

दुई भेरिएन्टमा उपलब्ध हुने बी१० को बेस भेरिएन्टमा १३२ किलोवाटको सिंगल ई–मोटर छ, जुनमा भएको ५६.२ किलोवाट आवरको एलएफपी ब्याट्रीले सीएलटीसी अनुसार ५१० किलोमिटरको रेन्ज दिन्छ ।

यसको लङ रेन्ज भेरिएन्टमा १६० किलोवाटको मोटर छ, जुनमा भएको ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्रीले सीएलटीसी अनुसार ६०० किलोमिटरको रेन्ज दिन्छ । यो गाडीले ६.८ सेकेन्डमा १०० किलोमिटर सम्मको गति लिन सक्छ ।

चिनियाँ बजारमा यसले बीवाईडी एट्टो ३ लगायतका ईभीसँग प्रतिस्पर्धा गर्न सक्छ । नेपालमा पनि लिपमोटर ब्रान्ड बिक्रीका लागि उपलब्ध छ । यसका आधारमा भविष्यमा यो ईभी नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

महंगा भए आईकार भी२३ र जेइको जे६ ईभी, कुनमा कति बढ्यो ?

महंगा भए आईकार भी२३ र जेइको जे६ ईभी, कुनमा कति बढ्यो ?

काठमाडौं–ईभी बजारमा निकै राम्रो चर्चा पाइरहका विद्युतीय एसयूभी आईकार...

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक...

नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त

नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त

काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...