चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी बन्यो युरो २०२४ को ई–मोबिलिटी पार्टनर

चाइनिज कम्पनी बीवाईडी सन् २०२४ मा हुने युईएफए युरोपियन फुटबल च्याम्पियनसिप २०२४ (युइएएफए युरो २०२४) को अफिसियल पार्टनर र अफिसियल ई–मोबिलिटी पार्टनर बनेको छ ।

युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएएफए) ले आयोजना गर्ने सो च्याम्पियनसिपको ७० वर्षको इतिहासमा पहिलो पटक न्यु इनर्जी भेइकल (एनईभी) सँग पहिलो पटक यस प्रकारको प्रायोजन गर्ने भएको हो ।

बीवाईडी र युईएफए दुवैले हरित र दिगो युईएफए युरो २०२४ आयोजना गर्ने समान लक्ष्यका साथ यस प्रकारको सहकार्य गर्न लागेको बताएका छन् ।

युईएफए युरो २०२४ आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व स्तरीय स्टेडियममा हुँदैछ । खेल अवधिमा विभिन्न अवसरमा आवश्यक हुने विभिन्न रेन्जका न्यु इनर्जी भेइकल बीवाईडीले उपलब्ध गराउने छ ।

त्यसैगरी छानिएका केही स्टेडियममा बीवाईडीले अत्याधुनिक इलेक्ट्रिक मोडल र प्रविधि समेत सोकेश गर्नेछ । त्यसैगरी अफिसियल फ्यान जोनमा लाइभ म्याच र अन्य फुटबल सेलिब्रेसनमा पनि बीवाईडीको उत्साहजनक उपस्थिति हुनेछ । युरोपका १९ देशमा रहेका २३०ं बीवाईडी स्टोरहरुमा पनि फुटबल फ्यान र कस्टमरका साथ विभिन्न इभेन्टको आयोजना गरिने छ ।

सन् २०२४ मा बीवाईडीले युरोपमा नयाँ तीन मोडल समेत थपेर आफ्नो रेन्ज बढाउने योजना बनाएको छ ।

बीवाईडीको सब–ब्रान्ड ‘डेन्जा’ ले समेत युरोपेली बजारमा डेब्यु गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...