महिन्द्रा एक्सयूभी ४०० छिट्टै नेपाल आउने, यस्तो छ तयारी
काठमाडौं – नेपाली बजारमा महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी ‘एक्सयूभी...
काठमाडौं - नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दो क्रममा छ। एक वर्षको अवधिमा नेपालमा ३१ अर्ब ७५ करोड ६८ लाख ५१ हजार रुपैयाँको विद्युतीय सवारी नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र झण्डै १३ हजार थान ईभी गाडी/कार, जिप र भ्यान नेपाल भित्रिएका हुन्। यो अवधिमा कुल १३ हजार ५७८ थान गाडी आयात भएका छन् । जसबाट करिब १९ अर्ब ७० करोड ५८ लाख २९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
तथ्यांकअनुसार सबैभन्दा धेरै आयात ५१ किलोवाटदेखि १०० किलोवाट क्षमतासम्मका गाडीको भएको छ। यो वर्गमा ७ हजार ४३१ थान गाडी नेपाल भित्रिएका छन्। ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडी आयातबाट ८८ अर्ब ६२ करोड ८ लाख १४ हजार रुपैयाँ बाहिरिएको छ। जसबाट ११ अर्ब ८१ करोड ३९ हजार रुपैयाँको राजश्व संकलन भएको छ ।
त्यसपछि दोस्रो धेरै आयात ५० किलोवाट क्षमतासम्मका गाडीको देखिन्छ। यो अवधिमा ८ अर्ब ३१ करोड १४ लाख ८० हजार रुपैयाँ बराबरका कुल ४७३२ थान ५० किलोवाट क्षमतासम्मका गाडी आयात भएका छन्। जसबाट राज्यले राजस्व ३ अर्ब ५९ करोड ५२ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
एक वर्षको अवधिमा १०१ देखि २०० किलोवाट क्षमतासम्मका उच्च पावर भएका १३६२ थान कार, जीप र भ्यान नेपाल भित्रिएका छन् । जुन आयातमा राज्यबाट ४ अर्ब ५३ करोड ४५ लाख ३० हजार रुपैयाँ गाडी बाहिरिएका छन् । जसबाट ३ अर्ब ८५ करोड ७ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
त्यस्तै, २०१ देखि ३०० किलोवाट क्षमतासम्मका गाडी जम्मा ४२ थान मात्र आयात भएका छन्। जसबाट २७ करोड ८४ लाख ८७ हजार रुपैयाँ बाहिरिँदा ४३ करोड ५१ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
सबैभन्दा बढी क्षमता, अर्थात् ३०० किलोवाटभन्दा माथिका गाडी भने कुल २ थान मात्र आयात भएका छन्। जसको आयातमा ८३ लाख २३ हजार रुपैयाँ बाहिरिँदा ८८ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
त्यसैगरी, ५० किलोवाटसम्मका क्षमता अनअसेम्बल्ड गाडीहरू ९ थान आयात भएका छन्। जसबाट ६४ लाख १० हजार रुपैयाँ बाहिरिएको छ भने ३२ लाख १७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अनअसेम्बल्ड गाडीहरू पार्टपुर्जा अवस्थामा ल्याएर नेपालमै जोडीने जोडिन्छ।
ईभी गाडीको आयातमा विगत वर्षझैँ यो वर्ष पनि उल्लेख्य वृद्धि देखिएको छ। उच्च क्षमताका महँगा गाडीभन्दा सस्तो श्रेणीका गाडीप्रति नेपाली ग्राहकको आकर्षण अझै बलियो देखिन्छ। इन्धनमा आयात निर्भरता कम गर्न र दिगो यातायात प्रणालीतर्फ अग्रसर हुन सरकारले ईभीको प्रवर्धनलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा यो वृद्धि सकारात्मक मान्न सकिन्छ।
काठमाडौं – नेपाली बजारमा महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी ‘एक्सयूभी...
एक प्रतिवेदनका अनुसार २०३० सम्ममा विश्वमा बिक्री हुने सवारी साधनको...
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...