विद्युतिय कार उत्पादनमा ठूलो रकम लगानी गर्ने माज्दाको घोषणा
जापनिज अटो निर्माता माज्दाले विद्युतिय कार र व्याट्रीको उत्पादनमा ठूलो...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न शोरुमहरुलाई युरोकपको झल्को दिने गरी सजाएको छ । काठमाडौं तथा अन्य स्थानमा रहेका बीवाईडी शोरुमहरुमा यस्तो झल्को देखिएको हो ।
जर्मनीमा भइरहेको युुईएफए युरो २०२४ को अफिसियल मोबिलिटी पार्टनर बीवाईडी रहेको छ । युरोकप २०२४ को सन्दर्भमा बीवाईडी अफिसियल पार्टनर र अफिसियल ई–मोबिलिटी पार्टनर हो ।
युईएफए युरो २०२४ गत जुन १४ देखि शुरु भएको छ र आगामी जुलाई १४ सम्म जर्मनीका १० विश्व स्तरीय स्टेडियममा हुँदैछ । खेल अवधिमा विभिन्न अवसरमा आवश्यक हुने विभिन्न रेन्जका न्यु इनर्जी भेइकल बीवाईडीले उपलब्ध गराउने छ ।
त्यसैगरी छानिएका केही स्टेडियममा बीवाईडीले अत्याधुनिक इलेक्ट्रिक मोडल र प्रविधि समेत सोकेश गरेको छ । त्यसैगरी अफिसियल फ्यान जोनमा लाइभ म्याच र अन्य फुटबल सेलिब्रेसनमा पनि बीवाईडीको उत्साहजनक उपस्थिति हुनेछ । युरोपका १९ देशमा रहेका २३०ं बीवाईडी स्टोरहरुमा पनि फुटबल फ्यान र कस्टमरका साथ विभिन्न इभेन्टको आयोजना गरिने छ ।
हाल युईएफए युरो २०२४ को प्रिक्वाटरफाइनलका खेलहरू सकिएका छन् । अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुङ्गो लागेको छ र क्वाटरफाइनल समीकरण पनि पूरा भइसकेको छ ।

अब पालो रहेको छ ब्लक बस्टर म्याचको । किनकि क्वाटरफाइनलमा पाँच पूर्वविजेतासहित साविक उपविजेता इंग्ल्याण्ड जस्ता टोली छन् ।
युरो २०२४ को क्वाटरफाइनल खेल जुलाई ५ अर्थात शुक्रबार देखि हुँदैछ । यस अनुसार पहिलो खेल राति ९ः४५ बजे स्पेन भर्सेस जर्मनीको हुँदैछ भने पोर्चुगल भर्सेस फ्रान्स मध्यराति १२ः४५ बजे हुनेछ ।
त्यसैगरी जुलाई ६ मा इंग्ल्याण्ड भर्सेस स्विट्जरल्याण्ड, राति ९ः४५ बजे र नेदरल्याण्ड्स भर्सेस टर्की, मध्यराती १२ः४५ बजे हुनेछ ।
जापनिज अटो निर्माता माज्दाले विद्युतिय कार र व्याट्रीको उत्पादनमा ठूलो...
यसअघि प्यासेन्जर कार र टु ह्विलरमा मात्र केन्द्रित नेपालको ईभी बजार अहिले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...