भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची
नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र स्वार्थ समूहको मिलेमतोमा विद्युतीय सवारी साधनको करमा बढाउने गाइँगुई चलेको बताएकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गौतमले आर्थिक वर्ष २०८० |०८१ को बजेट सार्वजनिक गर्ने मिति नजिकिदैँ गर्दा विद्युतीय सवारीको कर बढाउने हल्ला आएको बताएकी हु्न् । गौतमले देशको बढ्दो व्यापार घाटा नियन्त्रण तथा जलवायु संकटलाई मध्यनजर गर्दै वातावरण प्रदुषणलाई नियन्त्रणका लागि ग्यास, डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न अनिर्वाय रहेको बताएकी छन् ।
उनले भनिन्, “नीति तथा कार्यक्रममा विद्युतीय सवारीको विषय पनि आंशिक रुपमा समेटिएको जस्तो देखिन्छ । तर विभिन्र स्वार्थ समूहको मिलेमतोमा विद्युतीय सवारी साधनको करमा बढाउने भन्रेमा गाईँगुई सुनिएको छ । सरकाले सन् २०२५ सम्ममा नेपालमा गुड्ने कुल सवारी साधन मध्ये निजि विद्युतीय सवारी २५ प्रतिशत र सार्वजनिक सवारी २० प्रतिशतले बढाउने लक्ष्य लिएको छ । तर कर बढाउने हो भने यो लक्ष्य सम्भव पक्कै हुदैँन ।’’
उनले सरकारले विद्युतीय सवारीलाई राज्वश संकलनको माध्यमबाट मात्रै हुर्न नुहने र वातावरणलाई पनि उत्तिकै टेवा पुर्याउछ भन्रे विषय बुझन जरुरी रहेको बताइन् ।
नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...
चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको...
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै सार्वजनिक गरेकी आर्थिक वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...