तीन महिनामा भित्रिए २१ सय बढी विद्युतीय कार, गत वर्षको तुलनामा ३ गुणा बढी
काठमाडौं– चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा २१ सयभन्दा बढी...
यसअघि प्यासेन्जर कार र टु ह्विलरमा मात्र केन्द्रित नेपालको ईभी बजार अहिले कमर्सियल भेइकलमा समेत विस्तार भइसकेको छ । कमर्सियल सेग्मेन्टमा अहिले इलेक्ट्रिक कार्गो र भ्यानको माग वढ्न थालेको फोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडव्ल्यु वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नविन आचार्य वताउँछन् ।
उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै व्यवसायीको जोड इलेक्ट्रिक गाडीमा पर्न थालेको हो । एमएडव्ल्युले हालै फोटोन ब्रान्डको इलेक्ट्रिक कार्गो र प्यासेन्जर भ्यान ल्याएर बिक्री थालिसकेको छ । यसै सन्दर्भमा नेपाल अटोले आचार्यसँग इलेक्ट्रिक भ्यानका विविध विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।
फोटोन ब्रान्डको इलेक्ट्रिक भ्यानका खास विशेषता के हुन् ?
फोटोन नेपाली बजारमा परिचित ब्रान्ड हो । हामीले यसअघि यसको पिकअप, माइक्रोबस र मिनी ट्रक आयात गरी कारोबार गर्दै आइरहेका थियौ भने हाल इलेक्ट्रिक भ्यान र कार्गोको समेत बिक्री शुरु गरेका छौ । इलेक्ट्रिक भ्यान र कार्गोलाई हामीले नेपाली सडकमा परीक्षण गरेर सफल भएपछि मात्र बिक्री शुरु गरेका हौं । जसमध्ये भ्यानमा हामीसँग १४ र १६ सिटको विकल्प रहेको छ । सिट क्षमता वढी भएका कारण व्यवसायीले अतिरिक्त लाभ उठाउन सक्नुहुनेछ ।
हामीले ल्याएको इलेक्ट्रिक भ्यानले युरोपको प्रतिष्ठत सर्टिफिकेट ‘होल भेइकल टाइप एप्रुभल’ पाएको छ । नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक भ्यानमध्ये यस्तो सर्टिफिकेट फोटोनले मात्र पाएको हो । युरोपियन युनियनले परीक्षण गरेर सर्टिफाइडसमेत गरेका कारण यसको गुणस्तरमा शंका गरिरहनु परेन । यो भ्यानमा विश्वकै अग्रणी ब्याट्री निर्माता सीएटीएलको ५०.२३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । जसको पावर ८५ किलोवाट र टर्क २९० एनएम रहेको छ । यसलाई डिसी फास्ट र एसी दुवै चार्जरले चार्ज गर्न सकिन्छ ।
तपाईको विचारमा यो भ्यानको लक्षित ग्राहक को–को हुन सक्छन् ?
व्यावसायिक प्रयोजनमा प्रयोग हुने कारण यसको लक्षित ग्राहक विभिन्न क्षेत्रमा संलग्न व्यवसायी नै हुन् । नेपालमा हामीले यो भ्यानको संभावित ग्राहकका रुपमा स्कुल/कलेज, होटल, टुर एन्ड ट्राभल, यातायातका साथै विभिन्न क्षेत्रमा संलग्न व्यवासयीलाई लिएका छौ । अहिले पेट्रोल र डिजेलको मूल्य आकाशिएको कारण यस्ता व्यवसायीले हाम्रो इलेक्ट्रिक भ्यानलाई प्रयोगमा ल्याउँदा धेरै लाभ उठाउन सक्नेछन् ।
देशका विभिन्न रुटमा डिजेल गाडी चलाउँदै आएका व्यवसायीले इन्धनका लागि ५ हजार रुपैयाँ खर्च गर्दै आउनुभएको छ भने हाम्रो यो इलेक्ट्रिक भ्यानलाई प्रयोग गर्दा जम्मा ५ सय रुपैयाँ मात्र खर्च हुन्छ । इन्धनमा खर्च हुने रकमलाई वचत गरेर उहाँहरुले ठूलो लाभ उठाउन सक्नुहुनेछ । यसैगरी स्कुल÷कलेज र अन्य क्षेत्रले पनि ठूलो रकम वचत गर्न सक्नेछन् ।
नेपाली सडकमा यस्ता गाडीको पर्फमेन्स कत्तिको उपयोगी हुने देख्नुहुन्छ ?
नेपालमा हामीले नै पहिलोपटक यसप्रकारको गाडी बिक्री शुरु गरेका होइनौ । यसअघि केही कम्पनीले इलेक्ट्रिक भ्यान ल्याएर सफल रुपमा बिक्री गरिसकेका छन् । ती गाडीको पर्फमेन्समा कुनै गुनासो सुन्नुपरेको छैन । यस हिसावले भन्नुपर्दा हामीले ल्याएको फोटोन इलेक्ट्रिक भ्यान नेपाली सडकका लागि उपयुक्त नहुने भन्ने कुरै हुँदैन । त्यसमाथि हाम्रो भ्यान युरोपियन युनियनबाट समेत सर्टिफाइड भएका कारण झनै उपयोगी हुने देख्छु ।
बिक्री शुरु गर्ने प्रारम्भिक चरणमै हामीले भोलिका दिनमा आउनसक्ने गुनासाहरुलाई उचित समाधान दिनेगरी तयारी समेत थालिसकेका छौ । जसका लागि चीनबाटै फोटोन मोटरका प्रतिनिधिले समेत काम गरिरहनु भएको छ । ग्राहकको प्रतिक्रियालाई आत्मसात गर्दै भोलिका दिनमा यसलाई अझै अपग्रेड गरेर लैजान हामी प्रतिबद्ध छौ ।
बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको व्यवस्था कसरी मिलाउनु भएको छ ?
एमएडव्ल्यु ग्रुपले विगतदेखि नै आफ्टर सेल्स सर्भिसमा सवैभन्दा वढी जोड दिँदै आएको छ । जसका कारण यो ग्रुपमा आवद्ध एक दर्जन बढी ब्रान्डका सवारीसाधनमा अहिलेसम्म ग्राहकले बिक्री पछिको सेवा नपाएको गुनासो गर्नुपरेको छैन । जुन कुरा फोटोनको इलेक्ट्रिक भ्यानमा समेत लागू हुनेछ ।
चार्जिङ पूर्वाधारको कुरा गर्नुपर्दा हामी अहिले यसको शुरुवाती चरणमै रहेका कारण यस्ता पूर्वाधारलाई विस्तार गर्ने विषयमा योजनाहरु बनाइरहेका छौ । नेपाल सरकार मातहतका निकायले देशका विभिन्न स्थानहरुमा चार्जिङ पूर्वाधार निर्माण गरिरहेका कारण भोलिका दिनमा इलेक्ट्रिक गाडीलाई चार्ज गर्न अझै सहज हुने देखिन्छ । यस्ता गाडीलाई घरमै उपलब्ध सामान्य प्लगबाट पनि सजिलै चार्ज गर्न सकिन्छ ।
काठमाडौं– चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा २१ सयभन्दा बढी...
पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...
काठमाडौँ- पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग र आपूर्ति बढ्दै गएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...