सरकार युरो ६ लागु गर्ने तयारीमा, मर्मतसम्भारमा समस्या आउन सक्ने नाडा अध्यक्ष थापाको भनाइ

सरकारले प्रदूषण मापदण्ड युरो ३ बाट एकैपटक युरो ६ लागु गर्न लागेको विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । संघका अध्यक्ष धुव्र थापाले व्यवसायीलाई समय नै नदिई एकैपटक युरो ६ मा जाँदा प्राविधिक पक्षमा ठूलो समस्या आउन सक्ने बताउँदै अपात्ति जनाएका हुन् ।

उनले भने, ‘प्रदूषण कम गर्नुपर्छ भन्ने विषयमा व्यवसायीको समेत समर्थन रहेपनि विना तयारी एकैपटक जम्प गरिँदा यसले भोलिका दिनमा ठूलो समस्या ल्याउन सक्ने तर्फ सबै पक्ष सतर्क रहुनपर्छ । युरो ६ गाडी प्राविधिक हिसावले समेत फरक हुने हुँदा यस्ता सवारीसाधनको मर्मत सम्भार गर्न अहिलेको जनशक्ति पर्याप्त नहुनसक्छ । त्यसैले युरो ४ र त्यसपछि चरणबद्ध रुपमा युरो ६ मापदण्डमा जानु उपयुक्त हुन्छ ।’ युरो ४ नै लागु नभएको अवस्थामा एकैपटक युरो ६ मा जाँदा यसले वातावरण प्रदूषण कम गर्न सहयोग गरेपनि व्यवसायी र समग्र अटोमोबाइल क्षेत्रमा नै समस्या ल्याउनसक्ने खतरा रहेको उनको बुझाइ छ ।

उनले भारतमा पनि युरो ४ पछि युरो ६ लागु गरिएको र सरकारले यसका लागि दुई वर्षको समय दिएको बताउदै व्यवसायीसँग समन्वय गरेरमात्र चरणबद्ध रुपमा युरो ४ हुँदै युरो ६ लागु गरिनु उपयुक्त हुने बताए ।

नयाँ प्रदुषण मापदण्ड लागु गर्ने विषयमा लामो छलफलपछि सरकारी कर्मचारी र अटोमोवाइल व्यवसायी बीच तत्काल नेपाल प्रदुषण मापदण्ड ४ लागु गर्ने र त्यसको दुई वर्षपछि नेपाल प्रदुषण मापदण्ड ६ लागु गर्ने विषयमा सहमति भएको भएपनि त्यो सहमतिलाई बन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादबले खारेज गरिदिएका छन् । मन्त्रीले तत्काल नेपाल प्रदुषण मापदण्ड ६ तयार गर्नसमेत निर्देशन दिएका छन् ।

युरो ६ मापदण्डका गाडीको मूल्य भारतमै ४० हजार भारुसम्म महंगो पर्ने बताउँदै उनले भने, ‘यस्ता गाडीको मूल्य महंगो समेत पर्ने हुँदा यसले उपभोक्तालाई समेत मार पार्नेछ । युरो ६ मापदण्ड लागु हुने वित्तिकै सवारीसाधनको मूल्य नेपालमा २ लाख रुपैयाँसम्म बढ्ने देखिन्छ ।’ नेपालमा मात्र नभई विश्वका कैयन अन्य राष्ट्रहरुमा समेत हालसम्म युरो ३ मापदण्डका सवारीसाधनको कारोबार भैरहेका कारण नेपालले बिना तयारी निणर्य लिन नहुने उनको भनाइ छ ।

वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि सरकारले पहिलो पटक २०५६ मा ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागू गरेको थियो । उक्त मापदण्ड युरो १ सरह थियो । उक्त मापदण्ड २०६९ मा परिमार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागू भएको हो, त्यसअनुसार अहिले युरो ३ मापदण्डका सवारीसाधन भित्रिरहेका छन् । भारतले सन् २०२० देखि नै युरो ६ मापदण्ड कार्यान्वयनमा ल्याइसकेपनि आयातकर्ता राष्ट्रको मागबमोजिम युरो ३ सरहको गाडी उत्पादन गरि निर्यात गर्दै आइरहेको छ ।

हाल बजारमा केही टु ह्विलर आयातकर्ता कम्पनीले युरो ६ मापदण्डका मोटरसाइकल र स्कुटर आयात थालिसकेका छन् । त्यसैगरी केही फोर ह्विलर कम्पनीले समेत सोही मापदण्डका गाडी आयात गर्न थालेका छन् ।

सम्बन्धित समाचारहरू

बजेटमार्फत सवारी कर बढ्ने डर : कर नबढाउन र एसेम्वलमा थप सहुलियत दिन नाडाको माग

बजेटमार्फत सवारी कर बढ्ने डर : कर नबढाउन र एसेम्वलमा थप सहुलियत दिन नाडाको माग

आर्थिक वर्ष २०७९/८० का लागि ल्याउन लागिएको वार्षिक बजेटमा सवारीसाधनमा...

मन्दीको प्रभाव देखियो यसरी : हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

मन्दीको प्रभाव देखियो यसरी : हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर...

पोखरामा हुने ‘वाडा अटो सो’को तयारी तिब्र, सबैै स्टल बुकिङ

पोखरामा हुने ‘वाडा अटो सो’को तयारी तिब्र, सबैै स्टल बुकिङ

पोखरा–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...