यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा लन्च, यस्तो छ मूल्य र रेन्ज
यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ लाई भारतमा लन्च गरेको छ । १...
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमन्डपमा एक्सचेन्ज मेला प्रारम्भ गरेको छ । असोज १५ गतेसम्म अयोजना गरिने उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलसँग यामाहाको ब्रान्ड न्यु मोटरसइकल तथा स्कुटर एक्सचेन्ज गर्ने सक्नेछन् ।
यसरी एक्सचेन्ज गर्दा विभिन्न एक्सचेन्ज हाउसहरुसँगको सहकार्यमा अन द स्पट फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ । यामाहाले आफ्ना केही लोकप्रिय मोडलका मोटरसाइकलमा शून्य प्रतिशत ब्याजदरमा थोरै डाउन पेमेन्ट र थोरै ईएमआई तिर्ने गरी सुविधा उपलब्ध गराएको छ ।
जसअन्तर्गत ४ लाख ८१ हजार रुपैयाँ मूल्य कायम गरिएको आर१५ लाई शुरुवातमा २ लाख ४० हजार ९५० रुपैयाँ डाउनपेमेन्ट गरी खरिद गर्न सकिने छ । बाँकी रकमलाई १८ महिनासम्म १३ हजार ३ सय ८६ रुपैयाँका दरले मासिक रुपमा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी डर्ट बाइक एक्सटीजेड १५० खरिद गर्न चाहने ग्राहकले डाउनपेमेन्ट वापत शुरुमा २ लाख ६९ हजार ९५० रुपैयाँ तिरेपछि बाँकी रकमलाई १८ महिनासम्म मासिक १४ हजार ९९७ रुपैयाँका दरले भुक्तानी गर्न सकिनेछ । यो बाइकको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ पर्छ ।
४ लाख १४ हजार ९ सय रुपैंया पर्ने फेजर २५ को खरिदमा डाउनपेमेन्ट वापत २ लाख ७ हजार ४५० रुपैयाँ भुक्तानी गरेपछि बाँकी रकमलाई १८ महिनासम्म ११ हजार ५२५ रुपैयाँका दरले मासिक भुक्तानी गर्न सकिनेछ ।
एफजी सिरिज अन्तर्गत एफजी २५ खरिद गर्दा डाउनपेमेन्ट वापत २ लाख २३ हजार ९५० रुपैयाँ भुक्तानी गरी बाँकी रकमलाई १८ महिनाभित्र भुक्तानी गर्ने गरी मासिक १२ हजार ४४२ रुपैयाँका दरले तिर्न सकिन्छ । यो बाइकको मूल्य ४ लाख ४७ हजार ९ सय रुपैयाँ पर्छ ।
एफजी सिरिजका अन्य बाइकहरु जस्तो एफजी–एस एफआई भी३, एफजी–एस एफआई र एफजी एफआईलाई भने १८ र ३० महिनाको किस्ताबन्दीमा खरिद गर्न सकिने बिकल्प दिइएको छ ।
जसअन्तर्गत १८ महिनाको स्किममा खरिद गर्दा यी बाइकको डाउनपेमेन्ट क्रमशः १ लाख ६७ हजार ४५०, १ लाख ५७ हजार ४५० र १ लाख ४४ हजार ९५० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । बाँकी रकमलाई भने क्रमशः ९ हजार ३०३, ८ हजार ७४७ र ८ हजार ५३ रुपैयाँका दरले मासिक रुपमा भुक्तानी गर्न सकिनेछ ।
३० महिनाको किस्ताबन्दीमा खरिद गर्दा एफजी–एस एफआई भी३ मा १ लाख ४७०, एफजी–एस एफआईमा ९४ हजार ४७० र एफजी एफआईमा ८६ हजार ९७० रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्नेछ । बाँकी रकमलाई ३० महिनाभित्र भुक्तानी गर्नेगरी क्रमश ८ हजार ९१७, ८ हजार ३८४ र ७ हजार ७१८ रुपैयाँका दरले तिर्न सकिनेछ । यी बाइकहरुको मूल्य क्रमशः ३ लाख ३४ हजार ९ सय, ३ लाख १४ हजार ९ सय र २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ लाई भारतमा लन्च गरेको छ । १...
सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका...
नेपाली बजारमा यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...