असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै टीभीएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना
काठमाडौं – कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र...
भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ । इलेक्ट्रिक टु–ह्लिरको बिक्री एक वर्षमा पहिलोपटक १० लाख युनिट नाघेको हो । वाहानको वेबसाइट अनुसार जनवरी १ देखि नोभेम्बर ११, २०२४ सम्म १० लाख ९८७ युनिट ईभी बिक्री टु–ह्विलर बिक्री भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशत तथा सन् २०२१ को तुलनामा ५४० प्रतिशतले बढी हो ।
वाहानले सार्बजनिक गरेको तथ्यांक अनुसार ओला इलेक्ट्रिक, टिभीएस, बजाज र एथर एनर्जीले बजारको ८३ प्रतिशत हिस्सा नियन्त्रण गरेको छ । ओलाले ३ लाख ७६ हजार ५५० यूनिट सहित ३७ प्रतिशत बजार लिएको छ भने टिभिएसले १ लाख ८७ हजार ३०१ यूनिट सहित बजार हिस्सा १९ प्रतिशत छ ।
यसैगरी, बजाज अटोको बजार हिस्सा लगभग १६ प्रतिशत छ । कम्पनीले यस वर्षको हालसम्म १ लाख ५७ हजार ५२८ यूनिट स्कुटर बिक्री गरेको उल्लेख गरिएको छ । एथर इनर्जीले १ लाख ७ हजार ३५० यूनिट स्कुटर बिक्री गर्दै हजार हिस्सा १०.७२ प्रतिशत पुर्याएको छ ।
प्रदेशका हिसावले सबैभन्दा बढी महाराष्ट्रमा १८.१८, उत्तर प्रदेशमा १५.७४ र कर्नाटकमा १३.७३ प्रतिशत इलेक्ट्रिक टु–ह्विलर बिक्री भएका छन् । इलेक्ट्रिक टु–ह्विलरको बिक्रीले भारतमा उच्च दरको बृद्धि कायम गरेपनि नेपालमा भने खासै बजार लिन सकिरहेको छैन ।
नेपालमा हाल चीन र भारतबाट ५० भन्दा बढी ब्रान्डका ईभी टु–ह्विलर आयत हुँदै आएका छन् । जसमा चिनियाँ ब्रान्डको बजार हिस्सा उच्च छ ।
काठमाडौं – कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र...
टिभिएस मोटर्सले रेडरको फिचर्समा अपडेट गरेर नयाँ भेरिएन्ट सार्वजनिक गरेको...
टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१ भारतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...