भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री नराम्रोसंग प्रभावित वनेको छ । भारत सरकारले यसअघि दिँदै आएको फेम–२ अनुदान कटौती गरेपछि जुन महिनामा बिक्री ६१ प्रतिशतले कम भएको हो । सो अनुदानमा कटौती भएसंगै स्कुटरको मुल्य २५ देखी ३५ हजार भारुसम्म बृद्धि भएको र यसले बिक्रीमा नराम्रो प्रभाव पारेको उत्पादक कम्पनीहरुले जनाएका छन् ।

गत महिना १ लाख वढी इलेक्ट्रिक स्कुटर बिक्री भएकोमा जुन महिनामा मूस्किलले ४० हजार पुग्ने देखिएको छ । मे महिनामा दैनिक ३ हजार ३९१ युनिट हाराहारी इलेक्ट्रिक वाइक बिक्री भएकोमा यो महिना घटेर दैनिक १ हजार ३६३ हाराहारीमा सिमित भएको छ ।

जुन १ देखी अनुदानमा गरिएको कटौतीले वाइकको मूल्यमा उच्च बृद्धि भएको र यसको सिधा असर बिक्रीमा देखिएको भन्दै ओला, हिरो इलेक्ट्रिक, एथर, बजाज र टिभीएस लगायत उत्पादक कम्पनीहरुले चिन्ता व्यक्त गरेका छन् । बजारमा इभीको क्रेज कामयै रहेका कारण भोलिका दिनमा विस्तारै बिक्रीले गती लिने उनीहरुको आशा छ ।

सम्बन्धित समाचारहरू

नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

नयाँ टीएफटी डिस्प्ले सहित दुई दिन पछि लन्च हुँदै बढी रेन्जको बजाज चेतक इलेक्ट्रिक स्कुटर

बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर...

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस)...

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

काठमाडौं – नेपालकै नम्बर १ ईभी पिकअप ब्रान्ड दाबी गरिएको रिडाराले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...