काठमाडौंमा विद्युतीय ट्याक्सी अवधारणा : उत्तम, तर सुधारका लागि यसो गर्दा अत्युत्तम

वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८ जारी गरेको छ । यसले ट्याक्सी संचालन गर्ने र प्रयोग गर्न चाहने दुवैको लागि अत्यन्त खुशीको विषय हो । साथै देशको आर्थिक एवं वातावरणिय प्रभावको निम्ति दुरगामी अवधारणा हो ।

यद्यपि यसबाट ट्याक्सी भाडा समेत घट्ने र अन्य धेरै फाइदा हुने भन्ने आम धारणा रहे तापनि यसका अन्य समग्र पक्ष वारेमा पनि थाहा पाउनु आवश्यक छ ।

विद्युतीय सवारीको तोकिएको मापदण्ड ठिक छ वा छैन ? यात्रु सुरक्षा र आरामदायिताका लागि ठिक छ वा छैन ? उपत्यकाको जुनसुकै सडक वा गल्ली जान सकिन्छ वा सकिदैन ? जस्तो विषयमा समेत छलफल गर्नु र जान्नु अत्यन्त जरूरी हुन्छ ।

प्रकाशित मापदण्ड (अनुसूची १, दफा ३ को उपदफा २) सँग सम्बन्धित ट्याक्सीको स्पेसिफिकेसनमा रहेका शाब्दिक अशुद्धि बिर्सेर प्राविधिक पक्षलाई मात्र हेर्ने हो भने धेरै पक्षमा पुनरावलोकन तथा परिमार्जन गर्नु अत्यन्त जरूरी छ ।

बडी डिजाइन : विद्युतीय ट्याक्सीको लागि मापदण्ड अनुसार सेडान (लामो बडी) मात्र तोकिएकोले नेपालमा आयात भैरहेका विद्युतीय सवारी कम्पनी मध्ये दुई वा तीन वटा कम्पनी मात्र उक्त दायरामा पर्न सक्ने देखिन्छ । विशेषतः टाटा वा बीवाईडीलाई मात्र निर्दिष्ट गरि मापदण्ड बनाइएको हो कि जस्तो लाग्छ । हाल उपत्यकामा मात्र हेर्ने हो भने लगभग शतप्रतिशत इन्जिनयुक्त ट्याक्सी ह्याचब्याक मोडलमा छन् । यदि बुट स्पेसको कारणले मात्र सेडानको मापदण्ड तोकिएको हो भने ह्याचब्याक (छोटो) मोडलमा आयात हुने विद्युतीय सवारीलाई पनि समेट्नु जरूरी हुन्छ । उपत्यकाको सडक, गल्लीहरूलाई हेर्ने हो भने सेडान गाडी त्यति उपयुक्त छैन । टर्निङ रेडियस ह्याचब्याक गाडीमा तुलनात्मक रूपमा सेडान गाडी भन्दा निकै कम हुने भएकोले काठमाडौको भित्री बाटोहरूलाई हालका ट्याक्सी जस्तै ह्याचब्याक विद्युतीय ट्याक्सी निकै सहज हुन्छ । सेडान ट्याक्सी केवल मुख्य सडकमा मात्र बढी प्रयोग हुने हुन्छ । मुख्य सडकमा अन्य सार्वजनिक सवारीहरू बस, माइक्रोबस आदि पाउने हुदा ट्याक्सी व्यवसायी मारमा पर्ने देखिन्छ । हाल सडकको अवस्थालाई ध्यानमा राखेर होला, व्यक्तिगत प्रयोजनको लागि पनि सेडान गाडीको माग बजारमा अत्याधिक न्यून छ ।

ब्याट्री : मापदण्ड अनुसार ब्याट्री क्षमताको आधारमा २० किलोवाट आवरको ब्याट्रीका लागि पुरा चार्जमा कम्तिमा २१० किलोमिटरको रेन्ज तोकिएको छ, जसको प्रयोगात्मक रूपले सम्भावना निकै कम छ । उपत्यकाको सडक तथा ट्राफिक जामलाई ध्यानमा राखेर ट्याक्सी प्रयोजनमा ब्याट्रीको क्षमता कम्तिमा पनि ४० किलोवाट आवरको मापदण्डमा बढाउन जरूरी छ ।

सेफ्टी : चालक तथा यात्रुको सुरक्षालाई ध्यान दिने हो भने दुईवटा एयरब्याग अनिवार्य गर्नु पर्दछ । साधारण तहको विद्युतीय ट्याक्सीमा एउटा मात्र एयरब्यागको मापदण्ड राखिएको छ । यद्यपि ट्याक्सी चढ्ने यात्रु प्रायः पछाडिको सिटमा बसेर यात्रा गर्ने हुँदा एयरब्यागको फिटमेन्ट र आवश्यकता पछाडि बस्ने यात्रुलाई पनि ध्यानमा राखेर मापदण्ड निर्धारण गर्नु पर्दछ । यसको लागि सम्बन्धित निकायले ट्राफिकसँग समन्वय गरि मापदण्ड बनाउन जरूरी छ । एबीएस प्रणाली अनिवार्य गरिएको पक्ष धेरै नै राम्रो छ । जीपीएस मात्र नभै विद्युतीय ट्याक्सीको शुरूवातसँगै गाडीको लोकेसन तथा अन्य विवरण (चालक, गाडी आदि) एप्लिकेसनमार्फत सजिलै हेर्न र बुकिङ गर्न सकिने प्रणाली अनिवार्य राख्नु पर्दछ । यसले यात्रुको सहजता र सुरक्षालाई ठूलो सहयोग हुन्छ ।

गाडीको रङ : विभिन्न आवश्यक बहिरी लाइटको साथसाथै विद्युतीय ट्याक्सीलाई विशेष रङको मापदण्ड राख्दा भिन्न र सहज तथा अलग पहिचान रहनेछ । हाल प्रचलनमा रहेका ट्याक्सीको छतमा पहेलो रङ राखिने भएकाले फरक पहिचान कायम छ । यस्तै फरक रङ विद्युतीय ट्याक्सीका लागि पनि उपयोग गर्न सकिन्छ ।

मर्मत तथा प्राविधिक पक्ष : विद्युतीय सवारीको मर्मत सम्भारका लागि केही मेकानिकल अङ्ग बाहेक हाई भोल्टेज विद्युतीय सिस्टममा काम गर्नु पर्छ । धेरै सुरक्षित र सुरक्षा (इन्सुलेटेड) औजार प्रयोग गरि काम गर्नु पर्छ । हाम्रो देशमा यस्तो काम गर्ने दक्ष प्राविधिक पाउन निकै मुश्किल छ । धेरै विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले उपयुक्त र उच्च तहको तालिम बिनै मेकानिक्सलाई विद्युतीय गाडीमा मर्मत सम्भारको काम गराइरहेका छन् ।

सम्बन्धित सरकारी निकायले विद्युतीय ट्याक्सीको लागि केन्द्रित गुणस्तर तधा प्राविधिक परीक्षण केन्द्रको स्थापनाको तयारी र मर्मत सम्बन्धी मापदण्ड निर्धारण गर्नु जरूरी छ ।

विद्युतीय ट्याक्सीको अवधारणा अत्यन्त राम्रो छ, तर सम्बन्धित निकायले सवारी आयातकर्ता, विद्युतीय सवारी सम्बन्धि विज्ञ, ट्याक्सी व्यवसायी, ट्राफिक आदि जस्ता पक्षसँग परामर्श गरि परिमार्जित मापदण्ड जारी गरेमा धेरै नै उत्तम हुने देखिन्छ ।

केपी पोख्रेल
निसान सर्भिस नेपाल

सम्बन्धित समाचारहरू

महिन्द्रा ट्रियो इलेक्ट्रिक रिक्साको मलंगवामा विक्री शुरु

महिन्द्रा ट्रियो इलेक्ट्रिक रिक्साको मलंगवामा विक्री शुरु

महिन्द्रा प्यासेन्जर कार तथा इलेक्ट्रिक भेहिकलको आधिकारिक बितरक अग्नी...

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड...

यी कारणले निम्ताउन सक्छ बिद्युतिय साधनमा अगालागी

यी कारणले निम्ताउन सक्छ बिद्युतिय साधनमा अगालागी

बिद्युतिय साधनको लोकप्रियतासंगै यससंग जोडिएर आउने सुरक्षाले यस्ता साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...