ओमोडा एन्ड जेइको ईभी किन्दा ७ लाखसम्म नगद छुट, ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु

काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले दशैं–तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ । यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे५, ओमोडा ई५ र जेइको जे६ मा लागू हुने जनाइएको छ । अफरअन्तर्गत ग्राहकले ओमोडा एण्ड जेइको ब्रान्डका ईभी खरिद गर्दा ७ लाखसम्म नगद छटु पाउनेछन्।

कम्पनीका अनुसार, यस अभियानले ग्राहकलाई आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर दिएको छ । नयाँ जेइको जे५ मा ४ लाख, ओमोडा ई५ मा ७ लाख र जेइको जे६ मा ४ लाख रुपैयाँ नगद छुट दिइको हो ।

अफरअन्तर्गत, ६० लाख ९९ हजार रुपैयाँ पर्ने जेइको जे५ लाई ५६ लाख ९९ हजार, ६१ लाख ९९ हजार पर्ने ओमोडा ई५ लाई ५४ लाख ९९ हजार र ६९ लाख ९९ हजार रुपैयाँ पर्ने जेइको जे६ लाई ६५ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।

यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र १ वर्षको इन्स्योरेन्स पनि समावेश गरिएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ यस अफरमा शर्त तथा नियम लागू हुने कम्पनीको भनाई छ ।

यस्तो छ ओमोडा र जेइकोका ईभी
कम्पनीले बिक्री गर्दै आएको जेइको जे५ मा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा ४०२ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा स्पेयर टायरको सुविधा छ र ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको छ ।

ओमोडा ई५ मा ९९ किलोवाट आवर क्षमताको मोटर र ६१ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, यसले एकपटकको चार्जमा४३० किलोमिटरको डब्लुएलटिपी रेन्ज दिन्छ । यसमा पनि स्पेयर टायर र १८५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स समावेश छ, जसले लामो यात्रालाई सहज बनाउँछ ।

त्यसैगरी, जेइको जे६ हल्का अफ–रोड एसयूभी हो, जसमा १३५ किलोवाट क्षमताको मोटर र ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यस एसयुभीले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने ग्राउन्ड क्लिरियन्स २०० मिलिमिटर छ ।

सम्बन्धित समाचारहरू

अल्ट्राभोइलेट -याली भाेलि हुँँदै, नाडा महासचिव र कलाकार पन्तले उदघाटन गर्ने

अल्ट्राभोइलेट -याली भाेलि हुँँदै, नाडा महासचिव र कलाकार पन्तले उदघाटन गर्ने

काठमाडौं – भाेलि शनिबार काठमाडौंदेखि–ककनीसम्म हुने अल्ट्राभोइलेट -याली...

जेइको जेसिक्स र ओमोडा ई५ को १०० युनिट एकै दिनमा डेलिभरी सम्पन्न

जेइको जेसिक्स र ओमोडा ई५ को १०० युनिट एकै दिनमा डेलिभरी सम्पन्न

काठमाडौँ – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी...

आज देखि प्रारम्भ भएन नागरिक एपमार्फत सवारी कर तिर्ने सुविधा, अब साउन ६ देखि शुरु हुने

आज देखि प्रारम्भ भएन नागरिक एपमार्फत सवारी कर तिर्ने सुविधा, अब साउन ६ देखि शुरु हुने

काठमाडौं – बागमती प्रदेश सरकारले आज देखि नागरिक एपबाटै यातायात तथा सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...