विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश
काठमाडौं – नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ख्याल गर्न भन्दै...
काठमाडौं - राइडिङ सेयरिङ एप ‘इन्ड्राइभर’को मूल कम्पनी ‘इन्ड्राइभ’ले आफूहरु नेपालमा दर्ता प्रक्रियामा रहेको बताएको छ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले उद्योग विभागमा दर्ता प्रक्रिया जारी राखेको र सोचेकोभन्दा धेरै समय लागिरहेको जनाएको छ ।
नेपालमा लामो समयदेखि राइड सेयरिङको सेवा दिइरहेको यो कम्पनी नेपालमा दर्ता नभएको भन्दै विभिन्न समयमा चर्चा हुने गरेको छ । यसबीच कम्पनीले आफूहरुले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानूनी संस्था दर्ता गराउने प्रक्रियामा रहेको बताउँदै विज्ञप्ति जारी गरेको छ ।
कम्पनीका दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले विज्ञप्तिमार्फत भनेका छन्, ‘इनड्राइभले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रियामा छ। हामीले १७.१०.२०२२ मा आवश्यक विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएका छौं। यद्यपि संस्था दर्ता प्रकृयाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको छ ।’
सँगै कम्पनीले आफ्नो माध्यमबाट सेवा दिइने तर आफूले कुनै पनि आम्दानी वा नाफा नकमाउने समेत दाबी गरेको छ । विज्ञप्तिमार्फत कम्पनीले इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको दाबी गरेको छ ।
‘कम्पनीको रूपमा हामीले देशमा हाम्रा गतिविधिहरूबाट कुनै आम्दानी र नाफा कमाउँदैनौं’, विज्ञप्तीमा भनिएको छ, ‘हामीले चालकबाट कुनै कमिसन लिदैनौँ। यसबाहेक, इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको छ ।’
इनड्राइभले सुरक्षाको मामलामा सबैभन्दा धैरै प्राथमिकतामा राखेको जनाएको छ।
काठमाडौं – नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ख्याल गर्न भन्दै...
काठमाडौँ– विद्युतीय सवारी साधन (ईभी) लाई निरुत्साहित गर्ने गरी सरकारले...
विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...