विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड आगामी मे २० अर्थात जेठ ६ गते काठमाडौंमा समेत हुने भएको छ । कोट पाइन्ट लगायतका पोशाक लगाएर ड्यापर स्टाइलमा सजिएका राइडरहरु सहभागी हुने सो राइड विश्वभर लोकप्रिय छ ।

पुरुषहरुको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरको वारेमा जनचेतना जगाउन आयोजना गरिने सो राइड फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) को संयोजनमा हुनेछ ।

काठमाडौंको ज्ञानेश्वरस्थित एटिक क्याफेबाट शुरु हुने सो राइड पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर हुँदै पुनः एट्टिकमै पुगेर समापन हुनेछ । एट्टिकमा पुगे पछि लाइभ ब्यान्ड लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी राइड समापन हुनेछ ।

सो कार्यक्रममा जावा, रोयल इन्फिल्ड लगायतका भिन्टेज र क्लासिक बाइक राइडरहरु सहभागी हुन सक्ने छन् । सो कार्यक्रममा सहभागी हुन चाहनेहरुले रजिष्ट्रेसन गर्नुपर्छ । उनीहरुले यसका लागि आवश्यक रकम आफ्नो इच्छा अनुसार सहयोग पनि गर्न सक्छन् ।

फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर ‘डायमन्ड’ का अनुसार गत वर्ष नेपालबाट ३७५ अष्ट्रेलियन डलर संकलन गरिएको थियो । यस वर्ष अहिले नै ५ सय डलर भन्दा बढी संकलन भइसकेको छ भने करिव १ हजार ५ सय डलर उठ्ने अनुमान गरिएको छ ।

यो वर्ष चितवन र धरानमा समेत यो कार्यक्रम हुँदैछ । चितवनमा रोयल राइनो राइडर्स र धरानमा इस्टर्न इन्जिनियरिङले फोरे नेपालको सहकार्यमा यो कार्यक्रम गर्दैछन् ।

द डिस्टिङग्विस्ड जेन्टलम्यान राइडले विश्वमा हुने विभिन्न इभेन्ट मध्ये सबैभन्दा ठूलो र आश्चर्यजनक इभेन्टको पहिचान कायम गरेको छ । डीजीआर वर्ल्डवाइड र यसको च्यारिटी पार्टनर ‘मोभेम्बर’ मार्फत प्रोस्टेट क्यान्सर तथा पुरुषहरुमा हुने मानसिक स्वास्थ्यको वारेमा चेतना जगाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

द डिस्टिङगुइस्ट जेन्टलम्यान राइड कार्यक्रममा सामेल हुने राइडरहरु ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला हुन्छन् । उनीहरुको औसत उमेर ४५ वर्ष हुने बताइएको छ ।

नेपालमा सन् २०१६ देखि यो राइड प्रारम्भ भएको थियो ।

सम्बन्धित समाचारहरू

ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप

ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप

काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

काठमाडौं – नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले...

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डले सन् २०२२ मा नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...