एउटै मोटरसाइकलमा ३५ हजार छुट : यो नयाँ वर्ष अफर होइन

काठमाडौं – मोटरहेडको एउटै मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध भइरहेको छ । यद्यपि यो नयाँ वर्ष २०८० को उपलक्ष्यमा ल्याइएको अफर भने होइन ।

मोटरहेडको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड स्क्र्याम्बलर मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध गराएको हो । हाल सो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।

मोटरहेडले स्टक क्लियरेन्स अफरको रुपमा यो छुट उपलब्ध गराएको हो । कम्पनीले सन् २०२० र २०२१ मोडलका मोटरसाइकलमा यो छुट उपलब्ध गराएको छ ।

इनर ब्यालेन्सर सहित २५० सीसीको इन्जिनमा उपलब्ध स्क्र्याम्बलर मोटरसाइकलमा ८२० एमएमको सिट हाइट छ ।

६–स्पिड गियरबक्स भएको सो बाइकमा २२३ सीसी आयल कुल्ड इञ्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्दछ । सो बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ २६० मिलिमिटर छ । त्यसैगरी यसमा १४ लिटरको इन्धन ट्यांकी छ ।

कम्पनीका अनुसार रेट्रो लुक्स बोकेको स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी एकदमै राम्रो छ । रेट्रो एलईडी हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रग्ड अपेरियन्सले सो बाइकलाई एकदमै आकर्षक बनाएको छ । सो मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ जसले सवै आवश्यक जानकारी डिस्प्ले गर्दछ ।

त्यसैगरी टफ बिल्ट क्वालिटी, रेट्रो एलईडी हेडलाइट, उच्चतम टर्क सहितको रिफाइन्ड मेसिन र ड्युअल परपोज राइड जस्ता विशेषता यसमा रहेका छन् ।

रेट्रो लुक र आयल–कुल्ड इन्जिनमा यति कम मूल्यमा उपलब्ध हुने यो एक मात्र मोटरसाइकल भएको कम्पनीको दावी छ ।

मोटरहेडका अन्य मोडल टेक्कन आर२५०, टेक्कन २५० र एक्स–टर्क २५० मा समेत यस प्रकारको अफर रहेको छ ।

सम्बन्धित समाचारहरू

आज दिनभर ट्याक्सीमान्डुको ट्याक्सी निःशुल्क चढ्न सकिने

आज दिनभर ट्याक्सीमान्डुको ट्याक्सी निःशुल्क चढ्न सकिने

काठमाडौं – यातायात व्यवसायी र मजदुरले विभिन्न माग राखेर आन्दोलन गरेका...

क्रसफायरले शुरु गर्यो ट्रेकर २५० अपडेटेड भर्सनको डेलिभरी, नयाँ बुकिङ लिनेलाई हेल्मेट र ५ हजार नगद छुट

क्रसफायरले शुरु गर्यो ट्रेकर २५० अपडेटेड भर्सनको डेलिभरी, नयाँ बुकिङ लिनेलाई हेल्मेट र ५ हजार नगद छुट

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स...

मोटरहेडको नौलो अफर : बाइक किन्दा १ लाख सम्म छुट, भाग्यशालीले २,०७,९०० पाउने

मोटरहेडको नौलो अफर : बाइक किन्दा १ लाख सम्म छुट, भाग्यशालीले २,०७,९०० पाउने

एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...