कोरला बोर्डर पुग्यो दायुन ईभी

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको चिनियाँ कम्पनी दायुन ईभी नेपाल चीन सीमाना कोरला बोर्डर पुगेको छ । दायुन युइहु ईभी हालै सो बोर्डर सम्म पुगेको हो ।

नेपालमा दायुनको आधिकारिक वितरक सीजी मोटर्स अन्तर्गतको डिलर संगम श्री मोटर्समार्फत बिक्री भएको सो ईभीलाई पल्पसा इन्टरप्राइजेजको टिमले त्यहाँ पु-याएको हो ।

कठिन भुबनोट र हिमाली भुभाग तथा चुनौतीपूर्ण अफरोड पार गरेर सो ईभी त्यहाँ पुगेको सीजी मोटर्सले जनाएको छ । यस्तो सडक पार गरेर त्यहाँ पुग्नु एक महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

काठमाडौं देखि कोरला बोर्डर सम्म पाँच जना व्यक्ति बसेर गएको बताइएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र जीबीटी चार्जरका कारण समेत यो कार्य सहज बनेको कम्पनीको भनाइ छ ।

दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम समय लाग्छ ।

दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा उत्कृष्ट २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ। इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गररिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको बताइको छ।

७ इन्चको इन्सट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वान टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

सम्बन्धित समाचारहरू

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

काठमाडौं – लिप मोटर इन्टरनेसनलले इलेक्ट्रिक एसयूभी सी१० को पहिलो ब्याच...

‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ बाट मेगा मोटर्स सम्मानित

‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ बाट मेगा मोटर्स सम्मानित

काठमाडौँ – चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी कामाको वार्षिक...

मिन्डाले ल्यायो रियल-टाइम चार्जिङ अपडेट सहितको पोर्टेबल वाल चार्जर

मिन्डाले ल्यायो रियल-टाइम चार्जिङ अपडेट सहितको पोर्टेबल वाल चार्जर

इलेक्ट्रिक सवारी साधनको प्रयोग दिनानुदिन बढ्दै जाँदा घरमै सुरक्षित,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...