नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर, कसको माइलेज कति ?
इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको चिनियाँ कम्पनी दायुन ईभी नेपाल चीन सीमाना कोरला बोर्डर पुगेको छ । दायुन युइहु ईभी हालै सो बोर्डर सम्म पुगेको हो ।
नेपालमा दायुनको आधिकारिक वितरक सीजी मोटर्स अन्तर्गतको डिलर संगम श्री मोटर्समार्फत बिक्री भएको सो ईभीलाई पल्पसा इन्टरप्राइजेजको टिमले त्यहाँ पु-याएको हो ।
कठिन भुबनोट र हिमाली भुभाग तथा चुनौतीपूर्ण अफरोड पार गरेर सो ईभी त्यहाँ पुगेको सीजी मोटर्सले जनाएको छ । यस्तो सडक पार गरेर त्यहाँ पुग्नु एक महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
काठमाडौं देखि कोरला बोर्डर सम्म पाँच जना व्यक्ति बसेर गएको बताइएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र जीबीटी चार्जरका कारण समेत यो कार्य सहज बनेको कम्पनीको भनाइ छ ।
दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम समय लाग्छ ।
दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा उत्कृष्ट २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ। इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गररिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको बताइको छ।
७ इन्चको इन्सट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वान टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।
इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ...
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ सोरुमहरुमा पुगेको छ । नेपालका...
नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखिय बृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...