ठुलो ब्याट्री खेलाडी बन्ने ओलाको लक्ष्य
ओला इलेक्ट्रिकले अब विश्वव्यापी लिथियम–आयन ब्याट्री बजारमा ठुलो खेलाडी...
ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक स्कुटरमा म्युजिक अनुसार लाइट परिवर्तन हुने कन्सर्ट मोड फिचर ल्याएको छ । कम्पनीका सीईओ भाविश अग्रवालले सामाजिक सञ्जालमा यसको एउटा भिडियो सेयर गरेका छन् ।
यसले कन्सर्टमा आएको जस्तो अनुभव दिने भएकाले यसलाई कन्सर्ट मोड नाम दिइएको छ । ओला इलेक्ट्रिकले यसलाई ४ अपडेटको साथ ल्याउन लागेको छ । यसअघि पनि कम्पनीले पार्टी मोड ल्याएको थियो, जसमा संगीत अनुसार बत्ती बल्ने वा निभ्ने गथ्र्यो ।
नयाँ अपडेटमा, कम्पनीले आफ्नो नेभिगेसन सिस्टम पनि ल्याउन सक्नेछ । ओलाले इलेक्ट्रिक स्कुटरमा एडीएएस (एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम सेफ्टी फिचर) परीक्षण गरिरहेको छ ।
एडीएएसमा एडेप्टिभ क्रुज कन्ट्रोल, कोलिजन एभोइडेन्स, पेडेस्ट्रियन डिटेक्सन जस्ता फिचर हुनेछ । सो फिचर ठूला कारमा मात्र उपलब्ध हुने भए तापनि कम्पनीले आफ्नो टु ह्विल सवारी साधनमा जडान गर्ने प्रयास गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...