ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
सिट्रोनको एसयूभी सी३ एयरक्रस भारतमा ग्लोबल डेब्यु गरिएको छ । ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने सो एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुती सुजुकी ग्रान्ड भिटारा जस्ता प्रख्यात मिड साइज एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । सो एसयूभी सिट्रोनको भारतमा उपलब्ध हुने चौथो एसयूभी हो । यो भन्दा पहिले सिट्रोनले सी५ एयरक्रस, सी३ र इलेक्ट्रिक ईसी३ उपलब्ध गराइसकेको छ ।
सो एसयूभी सीएमपी मोडुलर प्लेटफर्ममा आधारित छ, जसको प्रयोग सी३ ह्याचब्याकका साथै ग्लोबल स्पेक जिप र फिएट कारमा समेत गरिएको छ । सो आर्किटेक्चरले सो एसयूभीको मूल्य कम राख्नमा सहयोग गर्नेछ ।
ग्लोबल डेब्यु गरिएको सी३ एयरक्रसको धेरै स्टाइल र फिचर सिट्रोन सी३ र सी५ एयरक्रससँग मिल्दोजुल्दो छ । २०२३ सिट्रोन सी३ एयरक्रस भारतमै डिजाइन र विकास गरिएको हो भने ९० प्रतिशत सम्म यसलाई स्थानीयकरण गरिएको छ । यो ४.३ मिटर लामो छ भने २०० एमएम ग्राउन्ड क्लियरेन्स छ ।
सिट्रोनका अन्य गाडी जस्तै फ्रन्टमा यसको लोगो ग्रिलसँग इन्टिग्रेट गरिएको छ, जुन क्रोम र पियानो ब्ल्याक इन्सर्टसँग रिप्लेट भएर टु लेयर डिजाइनमा उपलब्ध छ । बम्पर भन्दा माथि ‘वाई’ आकारको डे टाइम रनिङ लाइट छ, जुन मेन हेडल्याम्प सिटिङसँगै छ ।
पछिल्लो भागमा ठूलो टेलगेट, प्रशस्तै क्लेडिङ सहितको टल बम्पर र स्क्वारिस टेलल्याम्प छ ।
सिट्रोन सी३ एयरक्रसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले ११० बीएचपीको पावर र १९० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुने सम्भावना छ ।
यसको बुट स्पेसलाई बढाएर ५११ लिटर सम्म गर्न सकिने छ । सो एसयूभीमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ, जसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले, फुल्ली डिजिटल ड्राइभर डिस्प्ले, डे नाइट आईआरभीएम, रुफ माउन्टेड रियर एसी भेन्ट सहितको म्यानुअल एसी र क्रुज कन्ट्रोल उपलब्ध छ ।
सुरक्षाका लागि यसमा ६ वटा सम्म एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), रियरभ्यु क्यामेरा, ईबीडीका साथ एबीएस र रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध छन् ।
भारतीय बजारमा यो वर्ष दोस्रो अर्धवार्षिक अवधिमा सो एसयूभी लन्च हुने बताइएको छ । नेपालमा पनि सांग्रिला मोटर्सले सिट्रोनका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यस अनुसार लन्च भए पश्चात भविष्यमा नेपाली बजारमा समेत सो एसयूभी उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यसको मूल्य पनि त्यही बेला सार्वजनिक हुनेछ ।
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
चीतवन– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...